
काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी तेस्रो मेयर रनिङ शिल्ड खेलकुदअन्तर्गत एथलेटिक्समा टिम च्याम्पियन बनेको छ । लालीगुराँस सर्वाधिक १९ स्वर्ण जित्दै टिम च्याम्पियन बन्यो । लालीगुराँसले पहिलो दिन पाँच, दोस्रो दिन सात र अन्तिम दिन सात स्वर्ण जित्दै स्वर्ण संख्या १९ पुर्याउन सफल भयो । लालीगुराँसले थप चार रजत र एक कांस्य पनि हात पार्यो ।
तारकेश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा हिमरश्मी हाईस्कुल पाँच स्वर्ण, १० रजत र पाँच कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानको कौशलले एक स्वर्ण, दुई रजत र पाँच कांस्य प्राप्त गर्यो ।
विभिन्न १४ विद्यालयको सहभागिता रहेको एथलेटिक्समा बाँकी एक स्वर्ण सिर्जना ज्ञान सागरले जित्यो । सिर्जना ज्ञान सागरले एक रजत र तीन कांस्य पनि हासिल गर्यो । २६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
हिमरश्मी र ल्याण्डमार्क उपाधिनजिक
हिमरश्मी र ल्याण्डमार्क एकेडेमी तेस्रो मेयर रनिङ शिल्ड खेलकुदअन्तर्गत छात्रा बास्केटबलमा फाइनलमा प्रवेश गरेका छन् । मनमैजुस्थित लालीगुराँसको कोर्टमा भएको सेमिफाइनलमा हिमरश्मीले लालीगुराँसलाई १९-१३ ले पराजित गर्यो । हिमरश्मीको जितमा सिर्जना तामाङले ६ अंक योगदान गर्नुभयो ।
साजन खत्रीको सात अंक सहयोगमा ल्याण्डमार्कले मानसिंहलाई १८-१५ ले हरायो । जुनियर छात्रमा लालीगुराँस र एन्जल्स हार्ट उपाधिका लागि भिड्ने भएका छन् । लालीगुराँसले जीवन ज्योतिलाई २८-१५ ले पाखा लगायो । लालीगुराँसका सर्गम गुरुङले १० स्कोर गर्नुभयो । एन्जल्स हार्टले हिमरश्मीको चुनौती २१–१६ ले पन्छायो । एन्जल्स हार्टका सौरभ श्रेष्ठले आठ अंक जोड्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच