काठमाडौं । चलचित्र ‘पीआर’ निर्माण हुनेभएको छ । सलोन सलिना फिल्मस्को व्यानरमा यो चलचित्र निर्माण हुनेभएको हो । आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया र ल्याण्ड वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको चलचित्रलाई शोभित बस्नेतले निर्देशन गर्दै हुनुहुन्छ ।
फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल निर्माता र एप्लाई वल्र्डका गणेश केसी कार्यकारी निर्माता रहनुभएको यो चलचित्रमा मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद छ ।
निर्देशक बस्नेतले चलचित्रको सम्पूर्ण छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा गरिने जानकारी गराउनुभयो । ‘सम्पूर्ण कलाकार र प्राविधिक अष्ट्रेलियाबाटै छानिनेछन् । अंग्र्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर हामी सुटिङमा जानेछौं’, उहाँले भन्नुभयो ।
चलचित्रको फष्टलुक पनि सार्वजनिक गरिएको छ । फष्टलुकमा हातमा सुटकेस बोकेर विदेश जानलागेका एक व्यक्तिलाई देखाइएको छ । जसको शरीरको आधा भाग महिलाको छ भने आधा पुरुषको । महिलाको भागमा नेपालको झण्डा देखाइएको छ भने पुरुषको भागमा हातमा सुटकेस बोकेर कोट लगाएको देखाइएको छ । पृष्ठभूमिमा अष्ट्रेलिया र नेपालको दृश्य राखिएको छ । त्यस्तै उडिरहेको हवाईजहाज पनि देखाइएको छ ।
एम्बिसन कलेज रकडेल, आरटुएम एकाउन्टिन रकडेल र विकास अधिकारी (प्रिज्मस् एजुकेसन एन भिजा सर्भिस) विशेष सहयोग रहने यो चलचित्रमा राजजंग क्षेत्री प्रोडक्सन हेड रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच