काठमाडौं । रामप्रसाद राई स्मृति प्रतिष्ठान केन्द्रीय समितिद्वारा ७४औं मुक्ति दिवसका अवसरमा विचार-गोष्ठी तथा सम्मान समारोहको आयोजना गरी मनाइएको छ । पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठ साहित्यकार तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतमा मुक्तिदिवस मनाइएको हो । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ज्ञवालीले नेपालमा आएको गणतन्त्र प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईहरूकै सपना भएको बताउनुभयो । उहाँले जननायक राईलाई सरकारले न्यायोचित सम्मान दिनुपर्नेमा जोड दिँदै त्यसका लागि आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका केन्द्रीय अध्यक्ष कर्ण घलेको सभापतित्वमा भएको कार्यक्रममा भोजपुरका संघीय सांसद हेमराज राईले २००७ साल मंसिर २४ गतेका दिन नारदमणि थुलुङको राजनीतिक नेतृत्व र रामप्रसाद राईको सैन्य नेतृत्वमा राणाहरूको हातबाट भोजपुरको मालअड्डा बिना रक्तपात नियन्त्रणमा लिएर जनताको शक्ति देखाएको दिनको स्मरणमा तत्कालीन भोजपुर जिल्ला विकास समितिको निर्णयानुसार मंसिर २४ गतेलाई मुक्ति दिवसका रूपमा मनाउन थालेको र रामप्रसाद राई स्मृति प्रतिष्ठानको स्थापना भएपश्चात् काठमाडौंमा प्रतिष्ठानको आयोजनामा हरेक वर्ष मंसिर २४ गते मुक्तिदिवस मनाइने गरिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा स्मृति प्रतिष्ठानका पूर्वउपाध्यक्ष तथा अन्वेषक रामकुमार बान्तावाले रामप्रसाद राईको जीवनी, व्यक्तित्व, योगदानबारे चर्चा गर्दै स्मृति प्रतिष्ठानको उद्देश्य र स्मृति प्रतिष्ठानले गरेका प्रमुख गतिविधिबारे प्रकाश पार्नुभएको थियो । यस्तै इतिहासकार प्राडा.गोविन्दमान सिंह कार्कीले २००७ सालको क्रान्ति त्यसमा रामप्रसाद राईको योगदानका बारेमा आफ्ना विचार राख्नुभएको थियो ।
स्मृति प्रतिष्ठानकी उपाध्यक्ष इन्दिरा पोखरेलले स्वागत मन्तव्यका साथै प्रतिष्ठानको गतिविधिबारे प्रकाश पार्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि ज्ञवालीद्वारा रामप्रसाद राईकी कान्छी छोरी कृष्णकुमारी राईलगायत विभिन्न व्यक्तित्वलाई सम्मानपत्र, कदरपत्र र आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो । महासचिव शान्ति देवानको सहजीकरणमा भएको कार्यक्रममा संविधानसभा विशाल भट्टराई, बागमती प्रदेश सभाकी पूर्वसदस्य देवकी श्रेष्ठ बान्तावा, सल्लाहकारहरू पारुहाङ राई, पासाङदोर्ची शेर्पा, देवान राई, पारुहाङ राई, वसन्त मुकारुङलगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच