पत्रकार महासंघ नवलपरासीमा पराजुली

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको अध्यक्ष पदमा केशव पराजुली निर्वाचित हुनु भएको छ । अध्यक्ष पदमा पराजुली, पुरुषोत्तम सुबेदी र कुस्माकर ढकाल चुनावी माहोलमा हुनुभएकोमा पराजुलीले १६ मत प्राप्त गर्नु भएको छ भने निकटतम प्रतिष्पर्धि सुवेदीले १५ मत र ढकालले ६ मत प्राप्त गर्नुभएको छ । पराजुलीले सुवेदीलाई १ मतको अन्तरमा पराजित गर्नु भएको हो

उपाध्यक्षमा प्रकाश न्यौपानेले १८ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी विकास अधिकारीले १९ मत प्राप्त गर्दै १ मतले अधिकारी विजयी हुनुभएको छ । त्यस्तै उपाध्यक्ष (महिला) मा उर्मिला यादवले २२ मत प्राप्त गर्नु भएको थियो भने यादवकाे प्रतिस्पर्धी विष्णु खनालले १५ मत प्राप्त गर्नु भयो ।

सचिवमा अनिल यादव विजयी हुनु भएको छ । यादवले २५ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी मोहन पौडेलले ११ मत प्राप्त गर्नु भएको छ । यसैगरी सहसचिवमा प्रदिप पाठकले १६ मत प्राप्त गर्नु भएको थियो भने उहाँकाे प्रतिस्पर्धि इन्द्र कुमार रेग्मीले २० मत प्राप्त गरि विजयी हुनुभएको थियो ।

सह-सचिव(समावेशी)मा सद्दाम हुसेन अन्सारी विजयी हुनु भएको छ । हुसेनले २५ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धि गौरीशंकर जयसवालले ११ मत प्राप्त गर्नु भएकाे छ । महासंघको कोषाध्यक्ष पदमा श्याम बुचा मगर सर्वसम्मत निर्वाचित हुनु भएको थियो । सदस्यहरुमा क्रमशः दिपक खनालले ३१ मत, संजिव कोइरालाले ३० मत, पप्पु रेग्मीले २८ मत र मुक्तिनाथ तिवारीले २२ मतका साथ विजयी भएका छन् ।

यस्तै सदस्य (महिला)मा गिता भट्टराई, सदस्य(समावेशी)मा राज चौधरी, सदस्य(दलित)मा उमेश वि.क. सर्वसम्मत निर्वाचित हुनु भएको थियो । महासंघको निर्वाचनमा सदस्य (मधेशी)कोटामा कसैको पनि उम्मेदवारी नपरेकाे हुँदा १ जना सदस्य पद रिक्त रहेको निर्वाचन समितिले जनाएको छ ।

महासंघको केन्द्रीय पार्षदमा पूर्व सभापति हरि शर्मा र लुम्बिनी प्रदेश पार्षदमा पूर्व सभापति टिकाराम गैरे पनि सर्वसम्मत हुनु भएको निर्वाचन समितिका संयोजक ताराचन्द्र वर्माले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीमा ३८ जना सदस्य रहेकोमा ३७ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?