कालीकाेट । कालीकाेटकाे पलाँता गाउँपालीका-४ रेज्जेवस्थित नेपाल टेलिकमको फाेरजी सेवा जडान गरिएको छ ।
पलाँता गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता तिलक बुढाको पहलमा नेपाल टेलिकमकाे लगानी र पलाँता गाउँपालिकाकाे सहयाेगमा नेपाल टेलिकमको टावर जडान गरिएको हाे ।
जिल्लाकै विकट मानिएकाे पलाँता गाउँपालिकामा फाेरजी सेवा विस्तार हुने भएपछि यहाँका नागरिक सञ्चारकाे पहुँचमा पुग्ने टेलिकम टावरका पहलकर्ता तथा वडा नम्बर-४ का अध्यक्ष तिलक बुढाले बताउनुभयो ।
'अहिले हामीले नेपाल टेलिकमकाे फाेरजी सेवा विस्तारका लागि काम अन्तिम चरणमा पुर्याई सकेका छाैँ ' अबकाे १५/२० दिनमा घेरबारकाे काम सम्पन्न गरेपछि फाेरजी सेवा सुचारु गरिने उहाँले बताउनुभयाे ।
नेपाल टेलिकमकाे टावर जडानसँगै त्यसमा तत्काल फाेरजी सेवा सुचारु गरिने उहाँकाे भनाई छ । तर, त्यसमा फाइभजी सेवा समेत जडान गरिएको उहाँले जानकारी दिनुभयाे ।
नेपालमा फाइभजी सेवा परीक्षणको क्रममा रहेकाले तत्काल यो टावरमा फाेरजी सेवा सुचारु गरिने र फाइभजीकाे बिस्तारपछि यसमा आफै फाइभजी सेवा एक्टिभ हुने गरि सवा सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयाे ।
माेबाइल फाेनमा सम्पर्क गर्न पलाँताका डाँडाकाँडा धाउनुपर्ने बाध्यताकाे अन्त्य गर्न र पलाँताका नागरिकलाई प्रत्येक्ष सूचना सञ्चारकाे पहुँचमा ल्याउन टेलिकमले आफ्नै लगानीमा याे सेवाकाे विस्तार गरेको हाे ।
बढ्दाे प्रविधिको प्रयोगसँगै दुर्गम गाउँका ग्रामीण क्षेत्रमा फाेरजीदेखि फाइभजीसम्मकाे सेवा विस्तार हुने भएपछि यहाँका स्थानीय नागरिक खुसी भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच