
काठमाडौं । उग्रचण्डी कप रापिड बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । उग्रचण्डी माध्यमिक विद्यालय र काभ्रे जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा एकदिने सो प्रतियोगिता सम्पन्न भएको हो । काभ्रे जिल्लाका १८०० रेटिङ मुनिको प्रथम जिल्लास्तरीय ६ चरण खेलमा सबै प्रतिस्पर्धीलाई पराजित गर्दै श्रीकृष्ण मानन्धर विजेता बन्नुभयो । श्रीकृष्णले विजेता बनेसँगै ट्रफी, नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
बनेपाको नालास्थित उग्रचण्डी बोर्डिङ स्कुल प्रागंणमा सम्पन्न उक्त प्रतिस्पर्धामा छजना खेलाडीले समान पाँच अंक प्राप्त गर्दै क्रमशः श्याम मानन्धर द्वितीय, प्रेम खड्का तृतीय, सन्तलाल श्रेष्ठ चौथो, देवकृष्ण श्रेष्ठ पाँचौँ, अञ्जन श्रेष्ठ छैटौँ र हर्क सिंह तामाङ सातौँ स्थानमा रहँदै पुरस्कार हात पार्न सफल हुनुभएको थियो ।
काभ्रे जिल्लाका ७८ जना खेलाडीको सहभागिता रहेको प्रतियोगितामा विधागततर्फ उत्कृष्ट युवा १२ आदित्य बमजन प्रथम, सगर्भ न्यौपाने द्वितीय, उत्कृष्ट युवा १४ वर्षमा विनेश श्रेष्ठ प्रथम, सिदेन प्रजापती द्वितीय र उत्कृष्ट युवा १६ वर्षमा आर्यन वादे प्रथम, प्रजिल मानन्धर द्वितीय बन्दै पुरस्कार प्राप्त गर्नुभयो ।
यसैगरी उत्कृष्ट छात्रातर्फ कृपा पौडेलले प्रथम स्थान हात पार्नुभयो भने आरती थापाले द्वितीय स्थानमा रहेर प्रतियोगिता अन्त्य गर्नुभएको थियो । राइजिङ स्टारका रूपमा आर्यस गिरीले सान्त्वना पुरस्कार जित्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच