द सहारा गरीब तथा विपन्न वर्गको लागि सहारा बनेको छ : प्रदेश सभा सदस्य समिर

द सहारा लोन सेविंग्स को-अपरेटिभ सोसाइटी लिमिटेडको २८ औं वार्षिक साधारण सभाको छलफल कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेश सभा सदस्य महम्मद समिर ।

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 4 mins

बारा । मधेश प्रदेश सभा सदस्य महम्मद समिरले द सहारा लोन सेविंग्स को-अपरेटिभ सोसाइटी लिमिटेड गरीब तथा विपन्न वर्गका लागि सहारा बनेको  बताउनुभयो ।

बाराको सदरमुकाम कलैया स्थित बारा उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको द सहारा लोन सेभिंग्स को-अपरेटिभ सोसाइटी लिमिटेडको २८ औ वार्षिक साधारण सभा छलफल कार्यक्रममा मधेश प्रदेश सभा सदस्य महम्मद समिरले गरीब तथा विपन्न वर्गका परिवारलाई छिटो छरितो सेवा प्रवाह गर्दै प्रदेशकै नमुना सहकारी बनेको बताउनुभयो ।

सर्लाहीको मलंगवामा प्रधान कार्यालय रहे पनि मधेश प्रदेशको अधिकांश जिल्लामा आफना शाखाहरु विस्तार गरी गरीब, दलितहरुको पहुँच सम्म सेवा पुर्‍याउन सफल भएको यो सहाकारीले हरेक तह तप्काका मानिसलाई समेटन सफल भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सभा सदस्य समिरले बताउनुभयो ।

अहिले देशमा आर्थिक संकटको कारण लगाइएको ऋणको उठाउन समेत गाह्रो रहेको छ, समिरले भन्नुभयो,‘तर यस्तो अवस्थामा पनि जनताको माझमा रहेर ऋण लगाउनु र बचत गर्न लगाउनु सराहनीय कुरा हो । विना धितो ऋण लगानी गर्नु सहज कुरो होइन । अहिले देशका अधिकाँश बैकहरुले लगानी गर्न बन्द गरेको छ, लगानी गरेपनि चर्को ब्याजको कारण सर्वसाधारणहरुले ऋण पाउन गाह्रो भएको छ । तर पनि द सहाराले समाजमा लगानी गरेर जनताहरुको आर्थिक माँगलाई आफूले भ्याएसम्म धान्दै आएको छ । सहकारी हाम्रो बैंक हो । सहकारीमा हामी सबैले लगानी गर्नु पर्छ ।' सहकारी अगाडी बढे समाज अगाडी बढछ त्यसैले सहकारीमा लगानी गर्न डराउनु नपर्ने उहाँले बताउनुभयो ।

उहाँले देशमा फैलिएको बिकृतीलाई चिर्दै द सहाराले गरेको काम र जनता प्रति देखिएको उतारदायित्वको लागि धन्यवाद दिनु भयो ।

कार्यक्रममा बिरगंज शाखाका प्रबन्ध निर्देशक श्याम सुन्दर चौधरी, गरिमा बिकास बैक कलैया शाखाका शाखा प्रमुख नन्द किशोर यादव, पत्रकार महासंघ वाराका पुर्व अध्यक्ष लक्ष्मी साह, नेपाल पत्रकार महासघका नव निर्वाचित केन्द्रिय सदस्य सिकेन्द्र पासवान र राजु बिश्वकर्मा, नव निर्वाचित नेपाल पत्रकार महासंघ वाराका अध्यक्ष रमेश सुवेदी, नागरिक समाज वाराका अध्यक्ष उमेशलाल दास, उद्याेग बाणिज्य संघका अध्यक्ष राजकुमार साह, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र कलैयाका मुख्य संचालिका मिना दिदीलगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

द सहारा सहकारी संस्थाका संचालक सदस्य राकेश पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जयनारायण यादवले गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?