यतिखेर ‘हिमालय टाइम्स दैनिक’ ३० वर्षको लक्का जवान र पक्का अखबार बनेर हरेक बार समाचारका तार, विचारका हार पस्किँदै प्रपोगण्डालाई इन्कारेर समाजका अडमिल्दा, बिम्ल्याटा र कुुशासन वृत्तिमाथि धक्का बोलिरहेको लोकतन्त्रको वाचडग पत्रिकाको रूपमा आफूलाई स्थापित गरेको अखबार हो । प्राध्यापन एवं पत्रकारिता र मानव अधिकारको क्षेत्रमा आफ्नो कार्यकुशलता देखाउँदै आएका आख्यानकार यसको सम्पादकीय शीर्षासनमा छन् । दरिलोसित वाणीविहीनका आवाजलाई मुुखर गर्न यसका संस्थापक, सम्पादक मण्डलका मित्रहरू र राष्ट्रिय जीवनका विविध क्षेत्रका स्वनामधन्य पात्रहरू यस पत्रिकामा स्वतन्त्र देशको समसामयिक परिवेशको चिरफार गर्दै नवचिन्तन पस्किरहेका छन् ।
‘हिटा दैनिक’ हाल ठूला-ठूला सञ्चार गृहको दबदबामा पनि पाठक, अध्येता र पढाकुहरूमाझ पृथक् स्वाद दिँदै पत्रकारिताको मूूल मर्म, धर्म र कर्मलाई आत्मसात गर्दै आएको समाचारपत्र हो । अध्ययनशील, चिन्तनशील र प्रायः अभिनवीकृत हुन रुचाउने विज्ञ प्रतिभाका स्तम्भकारहरू, उत्साही नवप्रतिभाका युवा लेखकहरू तथा प्रशिक्षित पत्रकार समूूहको त्रिवेणीधाम बन्न पुुगेको छ आजको हिमालय टाइम्स । यो पत्रिका एकातिर हिमालयझैँ सुन्दर उच्च र सुुशीतलताको प्रतीक बनेको छ भने अर्को कोणबाट कालिक ध्वनि वीरेचनमा साहसिलो प्रतीत भइरहेकोमा यसका शुुभेच्छुुकहरू गौरव महसुस गरिरहेका छन् । मूूलतः यसका सञ्चालक, निर्देशक, प्रधान सम्पादक, सम्पादकीय मण्डल, विभिन्न डेक्सका पत्रकारकर्मी साथीहरूको लगन र विज्ञापनदाताको अथक स्नेह तथा दरिलो विश्वासले अखबार अग्रगामी पथ लिइरहेको छ ।
साजसज्जा दैहिक आलङ्कारिकतामा कमी र पत्रिकाको काय सानो भए तापनि यसले पाठकहरूमा तलतल मेटाउन पिलाएको खुराक अब्बल छ भन्न हिचकिचाउनुु पर्दैन । बढ्दो डिजिटल पत्रिकाहरूको बाढीमा यस्ता पत्रिकाहरू बालबाल बँचेर आफ्नो अस्तित्व स्थापना गर्न संघर्षरत बनेको टड्कारो थिति पनि छ ।
मैले धेरै अघिदेखि यो पत्रिकामा स्तम्भकारको रूपमा समसामयिक व्यंग्यात्मक सिर्जना, विश्लेषणपरक राजनीतिक लेख, सामाजिक र साहित्यिक आलेख पस्कँदै आएको थिएँ । हालका प्रधान सम्पादक पुुरुषोत्तम दाहालअघि लुुइँटेल थर भएका जो लामो समय यसका प्रधान सम्पादक भएर आफ्नो कार्यकाल बिताए त्यतिखेरदेखि म यसमा सम्बद्ध थिएँ । हिटामा दाहालजी प्रधान सम्पादकको रूपमा आउनुभएको पाँच वर्ष भयो । उहाँले सम्पादनको प्रमुख नायकत्व लिएकै दिन मलाई फोन गरेर ल, दाजु हिमालय टाइम्सलाई तपाईँले करिब आठसय शब्दसम्मको चोटिलो, समसामयिक सिर्जनात्मक लेख हप्ताको एउटा पठाउनुहोला फरक नपरोस् भनेर अनुरोध गरेपछि मैले निरन्तर हालसम्म उहाँको आग्रहलाई स्वीकारेर झन्नै तीनसय लेखहरू प्रकाशन भइसकेका छन् । केही वर्ष राजधानी दैनिक अन्नपूूर्ण पोष्ट, गोरखापत्र, नेपाल समाचारपत्र, नागरिक दैनिक जस्ता अखबारहरूमा पनि कलम चलाएँ ।
पुुरुषोत्तम दाहाल मेरा एक अनन्य आत्मीय भाइ, मित्र र लोकतान्त्रिक विचारधाराको मूूल प्रवाहमा आफ्नो सिर्जनधर्मलाई सुकर्म ठम्याउने अब्बल पात्र हुन् । उनी मेधावि प्राध्यापक, राजनीतिक विश्लेषक, वरिष्ठतम् पत्रकार, सबल गद्य कवि, सफल आख्यानकार तथा चर्चित मानव अधिकारका अभियन्तासमेत हुन् । बहुुदलको आगमनको लगत्तै रेडियो नेपालको ‘घटना र विचार’ कार्यक्रमका उत्सर्जक र सफल प्रस्तोता बनेर लोकप्रियताको चुली चुमेका यिनी कुनै समय नेपाली कांग्रेस प्रशिक्षण विभागका प्रमुख बनेर देशैभर सैद्धान्तिक, व्यावहारिक एवं बौद्धिक रूपमा नेका कार्यकर्ताहरूलाई संस्कारिक बनाउने सुकाम गरे पनि । उनको स्थापित आकर्षक व्यक्तित्व सबै पुस्तासित घुलमिल गर्न रुचि राख्छ । बोलीमा विनम्रता, वक्तृत्वमा निखार तथा प्रभावकारिता र तर्कका पुुटले उनी साँच्चैका वाघघरि, उत्प्रेरक, उत्साहदाता तथा पृष्ठपोषकीय व्यक्तित्व बनेका छन् । २०२६ सालदेखिको हाम्रो सङ्गतको फेहरिस्त केलाउँदा छुट्टै ग्रन्थ बन्छ होला यो सानो प्रस्तुतिमा सम्भव छैन पनि ।
मूलतः यो ६ वर्षको उनको कार्यकाल हिटाका अखबारी कलमले राष्ट्रिय अन्तर्राष्ट्रिय समाचारका विश्लेषणपरक प्रस्तुति, यथार्थपरक घटनाप्रधान सूचनाहरूको सम्प्रेषण, आवाज-विहीनका आवाज अत्यधिक रूपमा मुखर गरेको छ । पाका, अनुुभवी, विज्ञ मनीषिहरूको खोजपूर्ण सामग्री, देशको समसामयिक अभिनूतन वर्तमानको सर्वपक्षीय दशा, समस्या समाधानका तार्किक एवं व्यावहारिक निष्कर्षहरू स्तम्भकारले आ-आफ्ना मौलिक शैलीको जलप दिएर मिहिनेतपूूर्वक लेखकीय सामग्री पस्कँदै आउनुुभएको छ ।
हरेक शनिबार भाषा वाङ्मयका विविध विधामा (समालोचना, कृति समीक्षा, शास्त्रीय एवं आधुनिक कविता, गीतगजल, थलचर तथा जलचर प्राणीहरूको परिचय, यात्रा संस्मरण, धार्मिक, सांस्कृतिक र ज्ञानविज्ञान वा प्रविधि) अमिला, पिरा, गुलिया नुनिला आस्वादका सिर्जना पढ्न पाउने वातावरण निश्चय नै हिमालय टाइम्सको अग्रगतिको फड्को हो भन्न हिचकिचाउनुु पर्दैन । पूूर्व-उपकुलपतिहरूदेखि चर्चित मेधा, प्राध्यापक एवं डाक्टर र नबोधित प्रतिभाहरूको जमघट गराएर पत्रिकाले आफ्नो शाख उचालिरहेको छ ।
समय समयमा यसका स्तम्भकार, संवाददाता र हिटा परिवारबीच अन्तरक्रियात्मक बैठकहरूले नियमितता लिइरहून् । राज्य शासनलाई पारदर्शी, जवाफदेही, जनसेवी र सुशासन प्रदान गर्नसक्ने बनाउन वाचडगको भूमिका निर्वाह गर्दै आएको हिटा अझ प्रबल कौशलताले प्रस्तुुत हुन सकोस् ।
निष्पक्षता, तटस्थता, निर्भिकता र कालिक ध्वनिको अलावा व्यंग्यचित्र सारपूूर्ण सम्पादकीयका हिटाका आन्तरिक सौन्दर्य हुन् । समय समयमा सम्पादक मण्डल र स्तम्भकारहरू बीचको खुल्ला अन्तरक्रियाले हिटा पृष्ठपोषित भइरहेको छ । हो साजसज्जा दैनिक आलङ्कारिकतामा कमी र पत्रिकाको काय सानो भए तापनि यसले पाठकहरूमा तलतल मेटाउन पिलाएको खुराक अब्बल छ भन्न हिचकिचाउनुु पर्दैन । हुन त कोरोना कालपछि ठूला सञ्चार गृहका प्रायः सबै दैनिक पत्रिकाहरूका कलेवर केही दुुब्ला, ख्याउटे, पातलो पनि हुन पुुगेका छन् । बढ्दो डिजिटल पत्रिकाहरूको बाढीमा यस्ता पत्रिकाहरू बालबाल बँचेर आफ्नो अस्तित्व स्थापना गर्न संघर्षरत बनेको टड्कारो थिति पनि छ । प्रतिस्पर्धाको रंगशालामा नारिएर अब्बलकोटीको पत्रकारिता गर्न कम्मर कसेको हिटाले आफ्नो शाख र छविलाई अग्रगमनको पथमा हिँडाउँदै आएको छ ।
देशव्यापी रूपमा हरेक जिल्लामा यो पत्रिका पुुग्न सकेको छैन । त्यो रिक्ततालाई अनलाइनको माध्यमबाट क्षतिपूूर्ति केही हदमा भएको त छ तर अन्य पत्रिकाको दाँजोमा सबै जिल्लामा सशरीर पुु¥याउन हिटाको व्यवस्थापन पक्ष क्रियाशील बन्नुपर्ने देखिन्छ । हिटालाई पाठकहरूमाझ आकर्षक, सुन्दर बनाउन सबै सम्बद्ध पत्रकारकर्मी तथा स्तम्भकारहरूलाई पारिश्रमिकमा केही उदारता देखाउन भने अनिवार्य छ । त्यसैले यो मिसनलाई सफल बनाउन समुचित भिजन आउनुुपर्छ । लेखनको मर्म पूर्ण बोध भएका निर्देशक, व्यवस्थापक र सम्पादक मण्डललाई मसीको महिमाको पाण्डित्य म छाँट्न चाहन्न । मिसन र भिजन बोकेको पत्रकारिता नै उदात्त र चिरस्थायी हुने कुरा सर्वविदितै छ । आगामी दिन हिटाका अंकहरूले अझ विचारोत्तेजक, शल्यक्रियात्मक आलेखमा आफ्नो शिल्पकला खारोस् ।
समय समयमा यसका स्तम्भकार, संवाददाता र हिटा परिवारबीच अन्तरक्रियात्मक बैठकहरूले नियमितता लिइरहून् । राज्य शासनलाई पारदर्शी, जवाफदेही, जनसेवी र सुशासन प्रदान गर्नसक्ने बनाउन वाचडगको भूमिका निर्वाह गर्दै आएको हिटा अझ प्रबल कौशलताले प्रस्तुुत हुन सकोस् । जेफरसन, नेपोलियन बोनापार्ट, जवहारलाल नेहरुहरूका पत्रिकासम्बन्धी अवधारणा मनन गर्दै नेपाली पत्रिकामा हिमालय टाइम्स हिमालजस्तै सग्लो, अग्लो, सफा र अचल भएर पत्रकारिताको लक्ष्य र उद्देश्यमा आफ्नो रचनात्मक जनमुखी यात्राका पाइला दर्बिलोसित टेक्दै बेग्लै विशेषतामा गौरव कायम गरिरहोस् । ३० वर्षको जुँगामुठे हर्हराउँदो र भर्भराउँदो यो तन्नेरीलाई तीसौँ वर्षगाँठको पावन मुुहूूर्तमा शुुभकामना ! हिटा परिवारका सबै तह र तप्कामा धन्यवाद !!
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच