हिमालय टाइम्स राष्ट्रिय दैनिक पत्रिकाको तीसौं वार्षिकोत्सव यही पुस १० गते भव्यताका साथ मनाइँदैछ । यस दैनिक समाचार पत्रको प्रकाशन ३० वर्षदेखि निरन्तर हुँदै आइरहेको छ । कार्यकारी निर्देशक उज्ज्वल शर्मा तथा यसमा संलग्न प्रधान सम्पादक, सम्पादक र तथा सही समाचार सम्प्रेषण गर्ने संवाददाताहरूको निरन्तरको प्रयासले यो पत्रिकाले नेपालको स्वतन्त्रता अभिवृद्धि गर्ने कार्यमा आफ्नोतर्फबाट योगदान पुर्याउँदै आएको छ । साथै समतामूलक समाजको सिर्जना गर्नका निमित्त समाजको हरेक तहतप्कामा समृद्धि ल्याउन राजनीतिक अभिष्टको प्रयासमा यस पत्रिकाले आफ्नोतर्फ र तहबाट जो जसलाई झक्झक्याउने, खबरदारी गर्ने काम गर्दै आइरहेको छ ।
त्यस अभियानमा सरकार वा प्रशासनिक निकायहरू कहिँकतै चुकेका वा बाटो बिराइरहेका खण्डमा आफ्ना सम्पादकीयमार्फत र तत्सम्बन्धी समयमै समाचारहरू प्रकाशन गरी सचेत र भत्र्सना गर्नेेगरेको देखिन्छ । त्यतिमात्र नभएर विद्वान, लेखक तथा विभिन्न विषयका विश्लेषकका विचारहरू छापिदिएर सरकारलाई सजग र सावधान गरेर राज्यको चौथो अंगको भूमिका जवाफेही निर्वाह गर्दै आएको छ । यी गहन जवाफदेही पूर्ण काम गर्दै आइरहेकाले यसवर्ष पत्रिकाले ‘तीस वर्षको यात्रा स्वतन्त्रता र समृद्धिको निरन्तरता’ भन्ने नारा दिएर आफ्नो तीसौं वार्षिकोत्सव पुस १० गते, २०८१ मनाउँदैछ ।
सन्दर्भ हाम्रो भूमिको हो जब भारतले कालापानी, लिपुलेक र लिम्पियाधुराको नेपाली भू-भागलाई जबरजस्ती आफ्नो हो भनी राजनीतिक र प्रशासनिक नक्सामा समावेश गरी नयाँ नक्सा जारी गरेको विरोधमा नेपाली नागरिकहरू स्वस्फूर्त सडकमा भारतीय सरकारको भत्र्सना गर्दै प्रदर्शन गरिरहे । नेपाल सरकारले पनि परराष्ट्र मन्त्रालयमार्फत डिप्लोम्याटिक नोट पठाएको थियो, पत्रपत्रिकाहरूले पनि भारतीय यस कदमको विरोधमा लेखिरहे, त्यसमा हिमालय टाइम्स पत्रिका अग्रणी भइरहेको छ ।
पत्रकारितालाई राज्यको चौथो शक्तिशाली अंग मानिन्छ तर अचेल कहिँकतै पीतपत्रिकाले प्रश्रय पाउने गरेको देखिन्छ जो सर्वथा निन्दनीय छ । यसले समाजलाई भ्रमित पारिरहेको हुन्छ भने नियतबस रिसइबी फेर्न व्यक्तिको चरित्र हत्या पनि गर्ने गरेको यदाकदा देखिने र सुनिने गरिएको छ ।
यो पंक्तिकारले पनि भारतीय कदमको जोडदार विरोध गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो भनी सुगौली सन्धिको हबाला दिँदै विभिन्न प्रमाणको स्रोत र ती प्रमाण यहाँ-यहाँ उपलब्ध हुनसक्ने भनी ठेगाना बताउँदै एउटा जोडदार लेख लेखेको थिएँ । त्यसमा दर्शाइएका यावत् प्रमाणका साथै अन्य आवश्यक दस्ताबेज संकलन गरी परराष्ट्र मन्त्रालयमार्फत भारतीय सरकारसँग डायलग गरी आफ्नो मिचिएको भू-भाग फिर्ता ल्याउन कदम चाल्ने भनिएको थियो ।
त्यति गर्दा पनि समस्याको समाधान भएन भने सन् १९५० को शान्ति तथा मैत्री सन्धिको दफा ८ को हबाला दिँदै जुन सन्धि र दफा ८ ले यसभन्दा अधिका सबै सन्धि सम्झौता स्वतः खारेज भएको मानिनेछ भनी स्पष्ट उल्लेख गरेर उभय पक्षले हस्ताक्षर गरेका छन् । सो सन्धिलाई आधार मानी डायलग गर्दा पनि नमानेमा अन्तर्राष्ट्रिय अदालतसम्म पुगी सुगौली सन्धि गर्दा ग्रेजले लिएको समपूर्ण भू-भागसमेत फिर्ता ल्याउने गरी सुझाब दिएर लेखिएको लेख हिमालय टाइम्सले २०७७ साल असार २१ गते प्रकाशित गरेको थियो । त्यहाँदेखि मैले यस पत्रिकामा आफ्ना विचार सम्प्रेषित गरिरहेँ । गएको असार २९ गते त्यसमा प्रकाशित भएका मेरा ६० वटा लेखहरूको संग्रह प्रकाशित गरी लोकार्पण पनि भइसकेको छ । अहिले पनि म लेख्दैछु र हिमालय टाइम्सले प्रकाशित गरिरहेको छ ।
पत्रिकाले पनि हाम्रो भूमि मिचेको बारे, सम्पादकीय, समाचार, टीकाटिप्पणी लेखेर सरकार र नागरिकलाई सजग तुल्याइरहेका थिए भने भारतीय कदमको विरोध गरिरहेका थिए । त्यसैले पत्रकारितालाई राज्यको चौथो शक्तिशाली अंग मानिन्छ तर अचेल कहिँकतै पीतपत्रिकाले प्रश्रय पाउने गरेको देखिन्छ जो सर्वथा निन्दनीय छन् । यसले समाजलाई भ्रमित पारिरहेको हुन्छ भने नियतबस रिसइबी फेर्न व्यक्तिको चरित्र हत्या पनि गर्ने गरेको यदाकदा देखिने सुनिने गरिएको छ । मिडिया अहिले छापामा मात्र सीमित नरहेर श्रव्यदृश्य हुँदै सोसल मिडियामा व्याप्त भइरहेको छ । सामाजिक सञ्जाल र अनेक प्लेटफार्मले पनि आफ्ना विचार र कुनै न कुनै किसिमले समाचार सम्प्रेषण गरिरहेका छन् ।
तर, अचेल सोसल मिडियाले अनेक रूप, आकार र प्रकार धारण गरी उसले अधिकांश जनतालाई सही सूचना प्रवाह नगरी गुमराह गरिरहेको देखिन्छ । अझ आधुनिक विद्युतीय सञ्चारमाध्यमले भ्रमितमात्र होइन, व्यक्तिगत रिसइबी साँध्न गालीगलोज, व्यक्तिको चरित्रहत्या यहाँसम्म कि किशोरी युवतीहरूको जीवनसमेत बर्बाद गरिदिने गरेको छ । यस्ता विकृतिहरूको नियमन र रोकथाम सम्बन्धित निकायले अझ तदारुकताका साथ गर्नुपर्ने आवश्यकता देखिन्छ । यसको कुरा छाडौं समाचारगृहमा आबद्ध समाचार पत्रको कुरा गर्दा हिमालय टाइम्स राष्ट्रिय दैनिक समाचार पत्र एउटा गरिमामय र ख्याति प्राप्त पत्रिका हो जो अनवरत रूपमा कोभिडको केही अल्प समयबाहेक सत्य समाचार र मननीय विचार प्रवाह गर्दै आएको छ । प्रकाशित हुँदै आएको छ ।
हिमालय टाइम्स दैनिकले यसवर्ष आफ्नो वार्षिकोत्सव मनाउने सिलसिलामा लिएको नारा बडो सान्दर्भिक छ । ‘तीस वर्षको यात्रा स्वतन्त्रता र समृद्धिको निरन्तरता’, यो नारा बडो सान्दर्भिक र मननीय छ । यस अर्थमा कि मानिसले व्यक्तिगत स्वतन्त्रताका लागि धेरै समयदेखि नै प्रयत्न गर्दै आइरहेका छन् तर त्यो समाजको र राज्यको असिमित बन्धनले गर्दा आफ्नो इच्छा र आकांक्षालाई दबाउँदै खुम्चिएर बस्नुपरेको थियो तर उन्नाईसौं शताब्दीमा जोन स्टुआर्ट मिल जो एउटा इंग्लिस फिलोसफर, पोलिटिकल इकोनोमिस्ट, पोलिटिसियन पार्लियामेन्टको सदस्य पनि थिएले राज्यको, समाजको व्यक्तिमाथि लादिएका असिमित नियन्त्रण, दमनकोे विरुद्ध आवाज उठाउँदै राज्य र समाजले व्यक्ति उपर न्यायोचित रूपमा मात्र नियन्त्रण राख्दै व्यक्तिगत स्वतन्त्रता प्रदान गर्नुपर्छ भन्ने कुरामा जोड गरेका थिए । त्यसपछि अनेकौं फिलोसफर र विद्वान तथा पोलिटिकल एक्टिभिस्टहरूले व्यक्तिगत स्वतन्त्रता प्राप्तिका लागि जोड लगाउँदै आएका छन् ।
संयुक्त राज्य अमेरिकामा पनि सिसली भन्ने पोलिटिकल थिंकरले व्यक्तिगत स्वतन्त्रताका लागि आवाज बुलन्द गरेका थिए । यो युरोप, अमेरिका हुँदै धेरैपछि एसियन कुनै कुनै उदारवादी मुलुकमा मात्र मौलिक हक, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता प्रदान गरेको छ । जसमा जापान अग्रणी मुलुकमा पर्दछ । कुनै पनि समाजको वा राष्ट्रको अधिकतम् विकासका लागि व्यक्ति स्वतन्त्र भई देश र समाजका लागि योगदान गर्न आफ्ना विचार, सिद्धान्त आफूले सोधखोज गरी प्रतिपादित गरेको थ्योेरी सम्प्रेषण गरी सुझाब दिन पाउनुपर्छ । हो त्यही विचार, सिद्धान्त प्रकाशित गरी सबैले हेर्न पाउनका लागि हो त्यसैका लागि प्रेस स्वतन्त्रता आवश्यक छ र सञ्चार गृहको पनि जरुरत पर्दछ ।
नेपालमा प्रेस स्वतन्त्रता र स्वतन्त्र छापाखानाको १०४ वर्षे राणाकालमा कल्पना गर्ने कुरै आएन जहाँ जनसाधारणले शिक्षा प्राप्त गर्ने सबै ढोका बन्द थिए, बोल्ने अवसरसम्म बन्द थियो भने लेख्ने त झन् कुरै भएन । सरकारी मुखपत्र गोरखापत्र श्री ३ देव शमशेरको शासनकालमा जयपृथ्वीबहादुर सिंहको अग्रसरतामा सन् १९०१ देखि साप्ताहिक पत्रिकाको रूपमा प्रकाशित हुनथालेको हो । बीचबीचमा यो पत्रिका कुनै बेला सप्ताहको दुईपटक, तीनपटक हुँदै फ्रेब्रुवरी १६, १९६१ देखि दैनिक रूपमा नियमित प्रकाशन हुनथालेको हो । तर, यसले सरकारी खबरहरू, कामकाजहरू बारेमा मात्र खबर प्रकाशित गरिरहृयो ।
साँच्चिकै भन्ने हो भने अहिले दक्षिण एशियायी मुलुकहरूमध्ये नेपालमा पूर्ण प्रेस स्वतन्त्रता फष्टाइरहेको छ तर पत्रिकाको आदर्श के हो त्यो कदापि बिर्सनु हुँदैन । यसले सही समाचार सम्प्रेषण (रिपोर्टिङ) गर्नुपर्छ, गलत समाचार रिपोर्टिङ गरी गुमराह गर्नु हुँदैन । रिपोटिङ भनेको पत्रकारिताको मुटु हो ।
यसले न त अभिव्यक्ति स्वतन्त्रता दियो न प्रेस स्वतन्त्रता । २०१७ सालदेखि जनतामाथि लादिएको पञ्चायत व्यवस्थाले केही सीमित छापाखाना खोल्न त दिए तर पञ्चायत व्यवस्थालाई छुने गरी वा प्रशासनको बारेमा समाचार वा सम्पादकीय वा व्यक्तिगत अभिव्यक्ति प्रकाशित भयो भने धडपकड गरी थुनामा राखिहाल्ने गरेका थिए । लेख्नुपर्ने विषयवस्तुमाथि नै प्रतिबन्ध लगाएपछि के लेख्नु उही व्यवस्थाको भक्तिगान जसले त दमन र शोषण गरिरहेको थियो ।
तर, पञ्चायत व्यवस्थाको विलय र बहुदलीय व्यवस्थाको उदय भएपछि पत्रिकाले आफ्नो संकुचित पँखेटा पूर्णरूपमा फैलाउन पाइरहेका छन् । यस सन्दर्भमा प्रेस संख्या धेरै वृद्धि भयो र पत्रकारिता पनि निकै फष्टाइरहेको देखिन्छ । साँच्चिकै भन्ने हो भने अहिले दक्षिण एशियायी मुलुकहरूमध्ये नेपालमा पूर्ण प्रेसस्वतन्त्रता फष्टाइरहेको छ तर पत्रिकाको आदर्श के हो त्यो कदापि बिर्सनुहुँदैन । यसले सही समाचार सम्प्रेषण (रिपोर्टिङ) गर्नुपर्छ, गलत समाचार रिपोर्टिङ गरी गुमराह गर्नुहुँदैन । रिपोटिङ भनेको पत्रकारिताको मुटु हो ।
त्यसपछि सम्पादन र कोलम लेखनको रोल आउँछ । बोल्ने र लेख्नेमा स्वनियन्त्रण हुनुपर्छ, राख्नुपर्छ । हामीकहाँ एकताका बोल्ने पत्रकारिता रेडियो नेपालबाट घटना र विचार समीक्षात्मक कार्यक्रम बडो लोकप्रिय भएर चलेको थियो तर यसमा प्रशासनको खोइ के कुरामा आँखा लाग्यो हाल बन्द छ । अनि अर्को कुरा सामाजिक मर्यादा कायम राख्दै भाषाको प्रयोग गर्नुपर्दछ । भाषा भनेको हाम्रो समाजको, राष्ट्रको हाम्रो सभ्यता अनि संस्कृतिको पहिचान अभिव्यक्त गर्ने माध्यम हो । यसमाथि बञ्चरो चलाउने अधिकार कसैलाई छैन, न सरकारलाई न त पत्रपत्रिकालाई नै । सम्बन्धित आधिकारिक निकायले मात्र अनेक विधि पु¥याएरमात्र केही संशोधन गर्न सक्छ ।
समृद्धिको सबालमा यो नाम लिनेबित्तिक्कै आइहाल्ने कुरा होइन । पत्रपत्रिकाको हकमा जुन पत्रिकाले जति सत्यतथ्य समाचार प्रकाशन गर्छ पीतपत्रिका पटक्कै गर्दैन त्यो त्यति लोकप्रिय बन्छ बिक्री पनि बढ्छ । त्यो समाचारगृह त्यति सशक्त र समृद्ध बन्दै जान्छ । मुख्य कुरा जनताको आस्था, विश्वास नगुमाइकन अनवरत आफ्नो स्वच्छ छवि बनाइराख्नुपर्छ । जहाँसम्म मुलुकको समृद्धिको सवाल छ त्यो त झन् मुखले बोलेरै आइहाल्ने कुरा होइन ।
यसका लागि सबै तह-तप्काका जनताले साथ र सहयोग गर्नुपर्छ । आ-आफ्नो शक्ति, सामर्थ अनुसार होस्टेमा हैंसे गर्नुपर्छ । हामीले याद राख्नुपर्ने कुरा के हो भने हामी स्वतन्त्र हौं, कसैको पछुवा होइन जो गलत कुरा पनि समर्थन गर्दै पछिपछि हिँड्ने होइन । गलतको विरोध गर्ने र सहीलाई आत्मसात गर्ने बानी बसाल्नु सबैको कर्तव्य हुन आउँछ । हरेक कुरामा नकारात्मक दृष्टिकोण मात्र राख्नु हुँदैन ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच