रुपन्देही । लुम्बिनी प्रदेश सरकारले पहाडी जिल्लालाइ कफिको हवको रुपमा विकास गर्न पहल सुरु गरेको छ । प्यूठानको सरुमारानी गाउँपालिका बडडाँडामा रहेको चिया तथा कफि विकास कार्यालय, स्थानीय जनप्रतिनिधि तथा किसानहरुसंग प्रदेशका पहाडी जिल्लाहरुमा कफि खेतीको सम्भावना धेरै भएकाले कफि हव बनाउने बारेमा बुधबार छलफल गरिएको हो ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा.रामबहादुर राउत लगायतले सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्मा, उपाध्यक्ष बसन्ता खड्का, कफि विकास वोर्डका प्रमुख चन्द्रप्रकाश बस्नेत र स्थानीय किसानसंग छलफल गर्नु भएको हो ।
पहाडी जिल्लाहरुमा कफि खेतीको सम्भावना रहेको र प्रदेश सरकारले यसकालागि पहल लिने कृषिमन्त्री दिनेश पन्थीले बताउनु भयो । ‘योजना निर्माण गरेर कफि खेतिलाई विस्तार गरेर जानुपर्ने आवश्यकता छ’मन्त्री पन्थीले भन्नुभयो,‘पहाडी जिल्लाहरुमा कफि खेतिको सम्भावना, बजार र किसानको जीवनस्तर उठाउने बारेमा सरकारले ध्यान दिन्छ ।’
मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा.रामबहादुर राउतले कफि वोर्डको कार्यालय प्यूठानमा रहेको र त्यसले तिन वटा प्रदेश हेर्ने भएकाले कफि खेतिलाई लुम्बिनी प्रदेशका जिल्लाहरुमा विस्तार गर्ने बारेमा छलफल सकारात्मक भएको बताउनु भयो । ‘लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरुमा कफि खेतिको सम्भावना धेरै राम्रो छ । कतिपय अवस्थामा खेति भइरहेको पनि छ’उहाँले भन्नुभयोे,‘पहाडको एउटा जिल्लामा कम्तिमा दश रोपनीको दरले ६ जिल्लामा यसलाई विस्तार गर्ने बारेमा कुरा अघि बढेको छ ।’
कफि खेतिबाट किसानले राम्रो आम्दानी लिन सक्ने, यसको उत्पादन बढाउन सके अन्तर्राष्ट्रिय बजार पनि राम्रो भएकाले यसमा किसानलाई अनिवार्य जोड्ने बारेमा पहल गरिएको हो । सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले आफ्नो पालिका दलहनबाली र मह उत्पादनको हवको रुपमा रहेको र अझ गुणस्तरीय उत्पादनकालागि प्रदेश सरकारको साथ सहयोग चाहिएको बताउनु भयो।
चिया तथा कफी विकास कार्यालय बडडाँडाका प्रमुख चन्द्रप्रकाश बस्नेतले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम तीन वटा प्रदेश हेर्नेगरी २०७२ सालमा कार्यालय स्थापना भएको जानकारी दिनुभयो । बजेट र जनशक्ति अभाव भोग्नुपरेको समस्या राख्दै कफि खेति बिस्तारकालागि प्रदेश र स्थानीय सरकारको साथ आवश्यक पर्ने बताउनु भयो।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच