
काठमाडौं । नेपाल घरेलु कोर्टमा जारी योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा पदकविहीन भएको छ । सिनियर च्यालेन्जमा एक कांस्य जितेको नेपाल जुनियरतर्फ भने पदकविहीन भएको हो । शनिबार नेपालको दुई चुनौती समाप्त भएसँगै घरेलु टोली पदकविहीन बन्न बाध्य भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा जारी सिरिजमा बाँकी महिला डबल्स र मिक्समा नेपाली खेलाडी पराजित भएका हुन् ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको सिरिजमा नेपालबाट समान आठ महिला तथा पुरुष खेलाडीले चुनौती प्रस्तुत गरेका थिए । भारतका ६०, नेपालका १६, थाइल्याण्डका १०, संयुक्त अरब इमिरेट्स (युएई) का चार, इरानका तीन, न्युजिल्याण्डका दुई तथा मलेसिया, अष्ट्रेलिया, बंगलादेश र इण्डोनेसियाका एक/एकजना गरी कुल ९९ खेलाडीले सिरिजमा चुनौती प्रस्तुत गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच