
काठमाडौं । सांगीतिक ब्याण्ड कन्दरा लण्डनमा गुञ्जिने भएको छ । कन्दराले अंग्रेजी नयाँ वर्षको अवसर पारेर जनवरी ४ मा आफ्नो सांगीतिक यात्राको पहिलो प्रस्तुति बेलायतको लण्डनस्थित द ओटुबाट सुरु गर्ने भएको हो । कन्दराका गायक विवेक श्रेष्ठले लण्डनपछि जनवरीमै यो ब्यान्डले यूएई, कतार र हङ्कङमा कन्सर्ट गर्ने जानकारी दिनुभयो ।
लण्डनस्थित ओटु युरोपका विभिन्न शहरबाट श्रोता आफूलाई मन परेका संगीत सर्जकलाई प्रत्यक्ष हेर्न, सुन्न आउने चर्चित थलो हो । लेड जेप्लिन, एल्टन जोन, लिंकिन पार्क, प्रिन्स, सानिया ट्वैन, म्याडोना, डेभिडोलगायत विश्वचर्चित भारतीय संगीतकार एआर रहमानलेसमेत प्रस्तुति दिनुभएको छ यहाँ । नेपाली ब्यान्डका तर्फबाट ओटुमा प्रस्तुति दिने कन्दरा पहिलो ब्यान्ड हुने कन्दराले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
नेपाली कलाकारका रूपमा यअसघि सज्जनराज वैद्यले भने ओटुमा प्रस्तुति दिइसक्नुभएको छ । नयाँ वर्षमा कन्सर्टसँगै आफ्ना नयाँ गीत पनि सार्वजनिक गर्ने तयारी गरेको ब्यान्डले जनाएको छ । गत कात्तिक २४ गते ठमेलस्थित एलओडी क्लबमा ‘कन्दरा’ ब्याण्डले पहिला घरदेश अनि परदेश थिममा सांगीतिक प्रस्तुति गरेपछि आफ्नो सक्रियता तीव्र बनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच