काठमाडौं । काठमाडौं जेसिजको वर्ष २०२५ को नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार कुण्डलिनी दरबार ब्याङ्क्वेटमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साह सुढीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
काठमाडौं जेसिजको सन् २०२४ को कार्यकारिणी समितिले सन् २०२५ का लागि नयाँ कार्यकारिणी समितिलाई पदस्थापन गर्दै शाखालाई थप शशक्त र सुदृढ बनाउँदै लैजाने बताएका थिए ।
निवर्तमान अध्यक्ष अन्जिला खड्काले आफ्नो नेतृत्व वर्ष २०२५ का लागि काठमाडौं जेसिजबाट निर्वाचित अध्यक्ष श्याम कुमार घिमिरेलाई हस्तान्तरण गर्दै पद तथा गोपनियताको सपथग्रहण गराउनु भएकाे थियाे ।
कार्यकारिणी उपाध्यक्षमा बसन्त तामाङ, गोविन्द ओझा, विकास श्रेष्ठ (मिलन), महासचिवमा नवराज भण्डारी, कोषाध्यक्ष निरज कार्की र कानुनी सल्लाहकारमा करुणा थापा, उपाध्यक्षहरु क्रमसः मनोज आचार्य, सुनिल श्रेष्ठ, सुमन मैनाली, प्रसिस पौडेल, दुर्गा थापा र दिपक लामिछानेलाई अध्यक्ष घिमिरेले पद तथा गोपनीयताको सपथग्रहण गराउनु भएकाे थियाे ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्यामकुमार घिमिरेले आफ्नो कार्यकालमा काठमाडौं जेसीज अझैं सशक्त भई अगाडि बढ्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, 'काठमाडौं जेसीजको संगठनलाई अझैं मजबुत बनाई आफ्नो कार्यकालमा युवाहरुलाई युवामैत्री कार्यक्रम ल्याउँछु र आर्थिक रुपले पनि बलियो बनाउँछु ।' आफ्नो कार्यकालमा नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत पुग्ने गतिविधिहरूलाई प्राथमिकतामा राखेर जेसिजकाे आस्था र विश्वास अनुसार काम गर्ने पनि घिमिरेले उल्लेख गर्नुभयाे ।
कार्यक्रममा जेसीजका विभिन्न शाखाका अध्यक्ष तथा जेसिज पुर्व अध्यक्षहरु, केन्द्रिय वर्तमान तथा पुर्व पदाधिकारीहरु लगायतको बाक्लो उपस्थिती थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच