म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेतमा अवस्थित खड्गभवानी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आइतबार विद्यालय पोसाक र स्टेशनरी वितरण गरिएको छ ।
लायन्स क्लव अफ पोखरा फिस्टल सिटी स्टारको सहयोग र ज्यामरुककोट घर भइ हाल पोखरामा बस्दै आउनुभएका गोपाल घिमिरेको समन्वयमा विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका सम्पूर्ण छात्रछात्राहरुलाई न्यानो कपडासहितको विद्यालय पोसाक र स्टेशनरी वितरण गरिएको हो ।
दलित समुदायका विपन्न बालबालिकाहरुले अध्ययन गर्ने सो विद्यालयमा न्यानो कपडा सहितको पोसाक तथा कापी, कलमलगायतका स्टेशनरी वितरण गर्नका लागि पोखराबाट म्याग्दीसम्म आउनुभएको लायन्स क्लव अफ पोखरा फिस्टेल सिटी स्टारका पदाधिकारीहरुलाई स्थानीयले स्वागत गरेका थिए ।
क्लवका अध्यक्ष समेत रहनुभएका गोपाल घिमिरेले आफ्नो जन्मभूमिप्रतिको स्नेह र जाडोको समयमा यहाँका बालबालिकाहरुको दयनीय अवस्था देखेर उनीहरुलाई थोरै भएपनि राहत पुगोस् भन्ने उद्देश्यले पोसाक तथा स्टेशनरी वितरण गरिएको बताउनुभयो ।
अध्यक्ष घिमिरेको पहलमा यस अघि पनि ज्यामरुककोटलगायत विभिन्न स्थानहरुमा स्वास्थ्य शिविरदेखि लिएर विभिन्न सामाजिक र परोपकारी कामहरु हुँदै आएका बेनी नगरपालिका २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । दलित समुदायका विपन्न बालबालिकाहरुलाई वितरण गरिएको सामग्रीले उनीहरुलाई राहत पुग्ने अध्यक्ष कार्कीको भनाइ थियो ।
बेनी नगरपालिका वडा नं २ का वडाअध्यक्ष यामबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व वडाअध्यक्ष हिराबहादुर थापा, विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर चर्मकारलगायतले दातालाई धन्यवाद दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच