प्याब्सन चितवनको अध्यक्षमा मदन पुरी सर्वसम्मत निर्वाचित

होमनाथ सापकोटा चितवन, संवाददाता
Read Time = 3 mins

चितवन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल चितवन जिल्लाको अध्यक्षमा मदन पुरी चयन हुनुभएको छ । भरतपुरमा सम्पन्न प्याब्सन चितवनको ३४औं बार्षिक साधारण सभा तथा १६औं जिल्ला अधिवेशनले पुरीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

तीन दशक अघिदेखि शिक्षण पेशामा आबद्ध पुरी रत्ननगर स्थित स्काइराइडर आवासीय माविका प्राचार्य हुनुहुन्छ । अधिवेशनअन्तर्गत बरिष्ठ उपाध्यक्ष बाहेक सबै पदमा सर्वसम्मत भएको थियो । बरिष्ठ उपाध्यक्षमा टेकराज अधिकारी निर्वाचित हुनुभएको छ । चुनावीमैदानमा होमिएका भानुभक्त अर्यालललाई पराजित गर्दै अधिकारी बरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । कुल खसेको १३० मत मध्ये अधिकारीले ८३ मत पाउदा अर्यालले ४७ मत पाउनुभएको थियो ।

१३ सदस्यी समितिको उपाध्यक्षमा कृष्णप्रसाद भट्ट र शारदा ढकाल, सचिवमा दयानिधि अर्याल, कोषाध्यक्षमा युवराज पौडेल, सहसचिवमा पशुपति उपाध्याय, सहकोषाध्यक्षमा जीवन महतो सर्वसम्मत चयन हुनुभएको छ । समितिको सदस्यमा गोकुल प्रसाद भट्ट, वेदनिधि अर्याल, हिराप्रसाद रिमाल, विष्णुबहादुर बस्नेत क्षेत्री, कमलप्रसाद सापकोटा, राजेन्द्र सिलवाल र बुद्धिराज चापागाईँ चयन हुनुभएको छ । प्याब्सनको नवनिर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको सपथग्रहण र प्रमाणपत्र वितरण समेत गरिएको छ ।

प्याब्सन चितवनका जिल्लाका १५३ वटा संस्थागत विद्यालय आबद्ध रहेका छन् । प्याब्सनका राष्ट्रिय अध्यक्ष डिके ढुंगाना प्रमुख अतिथि रहेको सो कार्यक्रममा भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारी, प्याब्सनका राष्ट्रिय महासचिव आरवी ढुंगाना लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा निर्वतमान अध्यक्ष किर्तिनिधि अर्यालको अध्यक्षतामा भएको थियो ।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष पुरीले संस्थागत विद्यालयको संरक्षण, शिक्षकहरुको पेशागत सुरक्षा र शिक्षाको गुणस्तर सुधारमा सार्थक प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । जिल्लाको शैक्षिक विकासका लागि स्थानीय सरकारहरुसंग सहकार्य गर्ने भन्दै उहाँले प्याब्सनलाई विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय सञ्चालकहरु अभिभावकको अनुभूति प्रदान गर्ने बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?