काठमाडौं । काठमाडौंको तिनकुनेस्थित दिव्य कलेजमा ‘खेलकुद सप्ताह’को पहिलो संस्करण सुरु हुने भएको छ।
कलेजको आयोजनामा हुने खेलकुद सप्ताह भाेलि माघ २ गतेदेखि ५ गतेसम्म संचालन हुँदैछ।
जसमा आन्तरिक र बाह्य खेलकुद अन्तर्गत टेबलटेनिस, ब्याडमिन्टन, चेस, क्यारेरम्बोर्ड, टग अफ वार, फिफा , बास्केटबल, भलिबल, फुटसल र क्रिकेट खेल हुँदैछन् ।
कलेज स्थापनाको पहिलो वर्षमै पाँच सय बिद्यार्थीलाई अध्यापन गराउँदै आएको यस कलेजले विद्यार्थीको पढाइसंगै अतिरिक्त क्रियाकलाप गर्ने भएको हो ।
यस कलेजले विद्यार्थीको बौद्धिक, शारीरिक तथा मानसिक विकासका लागि वार्षिक रुपमा खेलकुद सप्ताह मनाउने तालिका बनाएको छ।
केहि खेलका फाइनल खेलहरु समय मिलाएर अन्य दिन पनि हुनसक्ने कलेज खेलकुद व्यवस्थापन कमिटीले जनाएकाे छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच