काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ ।
बुधवार काठमाडौंमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको २७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उपप्रमुख डंगोलले निर्माण गरिरहेका संरचनाहरु भूकम्प प्रतिरोधी छन् की छैनन् र पूर्वतयारी कस्तो छ भनेर अहिले मूल्यांकन गर्ने समय भएको बताउनु भयो ।
उहाँले भूकम्प प्रतिरोधी संरचना नभए आगामी दिनमा ठूलो क्षति व्यहोर्नुपर्ने भन्दै विशेष ध्यान दिन जरुरी रहेको बताउनु भयो । आफूले गरेका कामहरुको मूल्यांकन गरेर भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा उहाँको जोड छ ।
उहाँले भन्नुभयो, ‘हामीले बनाइरहेको संरचनाहरु भूकम्प प्रतिरोधात्मक छन् की छैनन् ? हामीले पूर्वतयारीमा कति ध्यान पुर्याइरहेका छौँ र पूर्वतयारीमा हामीले अघि पनि महत्वपूर्ण कुरा गरिसक्नुभएको छ । कम्युनिटी सबैभन्दा पहिला रेस्पोण्डर हुनुपर्छ । हामीले गरिरहेका कामहरुको मूल्यांकन गर्ने समय पनि हो यो ।’
विसं १९९० माघ २ गतेका दिउँसो २ः२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष आजको दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच