मधेस प्रदेश सरकारले २७ औं भूकम्प सुरक्षा दिवस मनायो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । मधेस प्रदेश सरकारले २७ औं भूकम्प सुरक्षा दिवस मनाएको छ ।

२०५५ सालदेखि वि.सं. १९९० सालका महाभूकम्पको स्मृतिमा माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाउने गरिन्छ । भूकम्प सुरक्षा दिवसको अवसरमा बुधवार बिहान जनकपुर धाममा भूकम्प स्मृति तथा भूकम्पीय पूर्वतयारी सचेतना प्रभातफेरी गरिएको हो ।

भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेशका कानून तथा गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । कुनैपनि क्षेत्रमा गरेको लगानीको परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

भूकम्पले सिकाएको पाठः बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ भन्ने नारासहित मधेस प्रदेशमा भूकम्प सुरक्षा दिवस मनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?