बुटवल । लुम्बिनी विकास बैंकले १७औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरी आव २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरूसँगै सेयरधनीहरूलाई चार प्रतिशत नगद लाभांश र तीन प्रतिशत बोनस सेयरसहित कुल सात प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणि भट्टराईको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभामा आव २०८०/८१ को वार्षिक प्रतिवेदनउपर सहभागी सेयरधनीहरूले राखेका जिज्ञासाहरूको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पार्नुभएको थियो ।
देशका सातवटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडका विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरूसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच