![कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता हुँदै](https://ehimalayatimes.com/wp-content/uploads/2025/01/krishna-pd-bhattrai-karate.jpg)
नयाँदिल्ली । भारतीय क्रिकेट टोलीका तीव्र गतिका बलर जसप्रित बुमराहलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले वर्षको उत्कृष्ट टेष्ट क्रिकेटर घोषित गरेको छ । बुमराहले सन् २०२४ मा टेष्ट खेलमा उत्कृष्ट बलिङ गरेबापत आइसिसीले वर्षको उत्कृष्ट टेष्ट क्रिकेटर घोषित गरेको हो । बुमराहले गत वर्ष १३ टेष्ट खेलमा १४.९२ को औसतमा ७१ विकेट लिनुभएको थियो । बुमराहबाहेक केवल तीन अन्य भारतीय बलरले एक क्यालेण्डर वर्षमा ७० वा सोभन्दा बढी विकेट लिन सकेका छन् ।
यसमा आर अश्विन, अनिल कुम्बले र कपिल देव समावेश हुनुहुन्छ । सन् २०२४ मा विकेट लिने सन्दर्भमा इंग्ल्याण्डका एटकिन्सन दोस्रो स्थानमा हुनुहुन्छ, जसले ११ टेष्ट खेलमा ५२ विकेट लिनुभएको थियो । बुमराहबाहेक एकदिवसीय वर्ष खेलाडीको अवार्ड अफगानिस्तानका अजमतुल्लाहलाई दिइएको छ ।
यसैबीच महिलामा भारतकी उपकप्तान स्मृति मन्धना एकदिवसीय खेलाडी अफ द इयर बन्नुभयो । बायाँ हाते ब्याटर मन्धनाले सन् २०२४ मा आफ्नो उत्कृष्ट प्रदर्शनका कारण यो उपलब्धि हासिल गर्नुभएको हो । सन् २०२४ मा मन्धनाले १३ एकदिवसीय खेलमा ७४७ रन बनाउनुभएको थियो । जसमा चार शतक र तीन अर्धशतक समावेश थिए । उहाँ विश्वभर एकदिवसीय खेलमा रन बनाउने महिला क्रिकेटरहरूमा पहिलो स्थानमा हुनुहुन्छ । आइसिसीले हरेक वर्ष टी-२०, एकदिवसीय र टेष्टका उत्कृष्ट खेलाडीहरूलाई सम्मान गर्ने गर्छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच