
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तरकारी तथा फलफूलमा विषादीको अवशेष परीक्षण मोबाइल प्रयोगशाला भ्यान प्रयोग गरी स्थलगतरूपमा परीक्षण कार्य निरन्तररूपमा गर्दै आएको छ । सोही क्रममा मोबाइल फुड ल्याब भ्यान सञ्चालन गरी बल्खुस्थित कृषि तथा तरकारी बजारमा ताजा तरकारी र फलफूलमा विभागको स्यापिड रेसपोन्स टिमले मंगलबार स्थलगतरूपमै मोबाइल फुड ल्याब भ्यानबाट आरबिपिआर विधिबाट जीवनाशक विषादी अवशेष परीक्षण गरेको छ ।
बल्खु कृषि तथा तरकारी बजारका विभिन्न स्टलमा रहेका गोलभेडा, काउली, फर्सी, रायो साग, च्याउ, मटरकोसा, भन्टा, गाँजर, हरियो सिमी, केरा तथा हरियो र कालो अंगुरलगायत १२ प्रकारका तरकारी ताथ फलफूलका २० वटा नमुना परीक्षण गरिएकोमा न्यूनतम नौ प्रतिशतदेखि अधिकतम २६ प्रतिशतसम्म इन्जाइम इन्हिबिसन पाइएको विभागले जनाएको छ । विभागका अनुसार आरबिपिआर मापदण्डबमोजिम इन्जाइम इन्हिबिसन ३५ प्रतिशतभन्दा कम भएकालाई खानयोग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशत इन्जाइम इन्हिबिसन भएकोलाई क्वारेन्टाइन होल्ड गरी पुनः परीक्षण गरेर ४५ प्रतिशतभन्दा बढी आएमा अस्वीकृत गरी नष्ट गर्ने प्रावधान रहेको छ ।
उक्त तरकारीहरू भक्तपुर, धादिङ, चितवन, सर्लाही, काठमाडौं, ललितपुर, रामेछापलगायत विभिन्न सात जिल्लाहरूबाट ल्याइएकोे थियो भने फर्सी, केरा तथा हरियो र रातो अंगुर भारतबाट आयात गरिएको थियो । स्थलगत परीक्षण कार्यमा व्यवसायीहरूले स्वतस्फुर्तरूपमा आ-आफ्नो स्टलमा तरकारी तथा फलफूल परीक्षण कार्य गराउन नमुना सहजरूपमा उपलब्ध गराउन सहयोग पुर्याएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताउनुभएको छ । काठमाडौं उपत्यकाभित्रका विभिन्न तरकारी तथा फलफूल बजारमा आगामी दिनमा नियमितरूपमा मोबाइल फुड ल्याब भ्यान सञ्चालन गरी जीवनाशक विषादीको अवशेष परीक्षण कार्य जारी रहने पनि उहाँले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच