![कार्यसम्पादन मूल्यांकनमा भोजपुरको हतुवागढी पहिलो पालिका](https://ehimalayatimes.com/wp-content/uploads/2025/02/Aayog.jpg)
हेटौंडा । मानव अधिकारका लागि महिला, एकल महिला समूह मकवानपुरको तनाव मुक्त छलफल तथा रमाइलो वनभोज कार्यक्रम भएको छ।
एकल महिला समूह मकवानपुरको आयोजनामा बुधबार हेटौंडा-२ स्थित बनस्खण्डीको हलमा उक्त कार्यक्रम भएको हो।
एकल महिला समूहको प्रदेश अधिकृत अप्सरा अर्यालले तनावबाट कसरी मुक्त हुने भन्ने विषयमा प्रस्तुतिकरण दिनुभएको थियो । एकल महिलालाई घरव्यवहारको कारण पनि तनाव हुने गर्छ तर हिजोको र भोलिको कुरालाई हेरेर दुखी हुनु भन्दा पनि आज कसरी रमाउने भन्ने कुरा लिएर अगाडि बढे तनाव मुक्त रहन सकिने उहाँको भनाइ थियो ।
समुहकी अध्यक्ष शारदा चौलागाईंले अधिकाँश महिला पीडित हुने र त्यसमा पनि एकल महिला सामाजिक र घरायसी रुपमै पीडित हुनु परेकाे बताउनुभयो । एकल महिलालाई समाजमा लगाइने लाल्छनाको कारण पनि कति महिला पीडित हुने गरेको उहाँको भनाइ थियो।
महिलालाई छोरी बुहारी हुँदै गर्दा लक्ष्मीको रुपमा हेरिन्छ भने एकल हुने बितिकै तिरस्कार र विभिन्न आरोपसमेत लगाउने गरिएको कारण पनि पीडित बनाइने बताउँदै यी सबै कुराबाट तनाव मुक्त हुन एकल महिलाहरु एक ढिक्का भइ डटेर अगाडि बढ्नु पर्ने उहाँको भनाइ थियो।
हेटौंडा उपमहानगरपालिका महिला बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु लामिछाने, गैसस अध्यक्ष रमिला सापकोटा उपस्थिति रहेको उक्त कार्यक्रममा एकल महिला समुहमा आवद्ध लगभग ३ सय जनाको उपस्थिति रहेको थियो। महिलाहरुले एकल हुनुको पीडा गित, कविता मार्फत पोखेका थिए।
२०७६ सालमा स्थापना भएको उक्त संस्थामा हेटौंडा उपमहानगरपालिका भित्रका ६ सय एकल महिलाहरु आवद्ध छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच