
काठमाडौं । प्रथम संस्करणका गलबन्दी म्युजिक अवार्डमा स्रष्टा सर्जकलाई सम्मान गरिएको छ । काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको समारोहमा गीत संगीत र चलचित्र साथै समाजका विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउनुहुने व्यक्तित्वलाई सम्मान अर्पण गरिएको थियो ।
गलबन्दी म्युजिक प्रालिका अध्यक्ष साजन कुँवरको सभापतित्व सम्पन्न भएको समारोहमा विभिन्न ४४ विधामा मनोनयनमा परेका व्यक्तित्वहरूलाई अवार्ड प्रदान गरिएको कार्यक्रम संयोजक एवं प्रवन्ध निर्देशक निशान बानियाँले जानकारी दिनुभयो ।
समारोहमा कलाकारहरू मनमाया पंगेनी, खेम सेञ्चुरी, चेतन गोतामे, सुनिता बुढा क्षेत्री, अनिस दवाडी, यज्ञ सापकोटा, नेत्र अर्याल, मञ्जित पहाडी र अभिषेक खड्काले अवार्ड प्राप्त गर्नुभएको थियो । त्यसैगरी, अस्मिता रनपाल, देवेन्द्र बब्लु, जुना गुरुङ, सुनिल परियार, पूर्ण संयोग, सिद्धार्थ आले, निकी थापा, मेनुका सोनी, यानप्रसाद न्यौपाने, आशा बिसी र प्रभातपाल ठकुरीले पनि अवार्ड प्रदान गरिएको थियो । यस्तै, कोमल नेपाली, अनिल चन्द, जेरी भण्डारी, मौसम हिमाली, सुरेश श्रेष्ठ, सुजन कोइराला र रोशन भुसालले पनि अवार्ड प्राप्त गर्नुभएको थियो । यसैगरी, श्यामश्वेत रसाइली, एचबिएन किस्मत, राज सिग्देल, अञ्जु पन्त, ऋषी खड्का, कला सेरेङ, विश्वराज रसाइली, सुप्रिम मल्ल ठकुरीलाई अवार्ड प्रदान गरिएको थियो । त्यसैगरी, सिम्रन परियार, सनम कठायत, रोशनी कार्की, सदीक्षा पाण्डे, अंशु वर्मा, दीपेन्द्र तिमिल्सिना बबिता श्रेष्ठ, दिन्शन शाह, राजेश घिमिरे र सुदीप सागरले पनि अवार्ड प्राप्त गर्नुभएको थियो ।
सर्वाेत्कृष्ट चलचित्र गीत ‘खुश्मा’को ‘रुकुम मैकोट’का लागि आशिष अविरल घोषित हुनुभएको थियो । सोही गीतका लागि सुरेन्द्र रानाले गीतकारको अवार्ड चुम्नुभयो । गायिकामा कटालेका लागि अस्मिता अधिकारी उत्कृष्ट हुनुभयो । चलचित्र ‘पूर्ण बहादुरको सारंगी’का लागि प्रशान्त शिवाकोटीले संगीतकार अवार्ड प्राप्त गर्नुभयो भने विजय बरालले नायकको अवार्ड पाउनुभयो भने वर्षा शिवाकोटीले ‘छक्का पञ्जा’का लागि उत्कृष्ट नायिकाको अवार्ड प्राप्त गर्नुभयो ।
त्यस्तै, चलचित्र ‘महाजात्रा’का लागि प्रदीप भट्टराई उत्कृष्ट निर्देशक हुनुभयो भने ‘छक्का पञ्जा’का हरि हुमागाईं उत्कृष्ट छायांकार घोषित हुनुभयो । सुमन परियारले ‘राम सीता’का लागि पब्लिक च्वाइस लोकदोहोरी गायक हुनुभयो । गायिकाको अवार्ड ठाडो भाकाका लागि मञ्जु विकले प्राप्त गर्नुभयो भने नवराज काप्रीलाई पब्लिक च्वाइस लोक दोहोरी अवार्ड प्रदान गरिएको थियो ।
समारोहमा वरिष्ठ गायक बमबहादुर कार्कीलाई दीर्घ साधना सम्मान अर्पण गरिएको थियो भने रजत सम्मानबाट वरिष्ठ गायिका देविका बन्दना, परिवर्तनकारी स्रष्टा सम्मानबाट जनगायक जीवन शर्मा, गायक राजु परियार, संगीतकार बिबी अनुरागी, लक्ष्मणश्रीलाई सम्मान्न गरिएको थियो । पर्वतारोही सम्मानबाट पुरुषोत्तम नेपाली, दशक सम्मानबाट प्रसाद लामिछानेलाई सम्मान गरिएको कार्यक्रममा रंग पत्रकारिताबाट हिमालय टाइम्सकी गीता अधिकारी, सौर्य दैनिकका बाबुराम सिग्देल, गोरखापत्रका स्वीकृत नेपाल, कान्तिपुर पाटीका कविराज ढकाल, जनज्योति मिडियाका नरेन्द्र महरा र सेलेब नेपालका राहुल थापामगर, लालीगुराँस डटकमका कमल सरगम, विकास थापा र सिराज गौतम सम्मानित हुनुभएको थियो ।
यस्तै, जुरी सम्मानबाट दीपक विष्ट, मिलन विश्वकर्मा, महेन्द्रराज बराल, शान्तिकुमारी शाही, रमेश पाठक, अर्जुन नेपाली, सुरेन गौतम र नवराज थापालाई सम्मान गरिएको थियो ।
प्रमुख अतिथि सभामुख घिमिरेले विभिन्न कलाकारहरूलाई अवार्ड प्रदान गर्दै हरेक क्षेत्रमा आबद्ध रहेका व्यक्तिहरूको सम्मानले कला क्षेत्रको विकासले फड्को मार्ने बताउनुभयो । उहाँले कलाको विकास र संरक्षणमा सबैले ध्यान दिनुुपर्ने धारणा राख्नुभयो । मौलिक कलाको विकास र संरक्षणमा आम नेपालीको ध्यान केन्द्रित नभए देशको संस्कार मेटिँदै जाने उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच