
झापा । सरकारी वार्ता टोली र 'नो केवलकार' पक्षधरबीच मंगलबार राति भएको छ बुँदे सहमतिसँगै आन्दोलनका क्रममा पक्राउ परेका व्यक्ति रिहा भएका छन् ।
झापाको दमकबाट पक्राउ परेका आठ जना बुधबार छुटेको प्रदेश १ पुनः नामाकरण संघर्ष समितिका झापा संयोजक पाण्डवलाल चौधरीले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय दमकको हिरासतमा रहेका पदम बेघा, धनकुमार योङ्हाङ, सुकबहादुर लिम्बु, आदित्य फियाक, प्रकाश लाबुङ, सन्देश लिम्बु, नाम्साङ लिम्बु र सञ्जय ताजपुरिया हिरासत मुक्त भएको संयोजक चौधरीले बताउनुभयो ।
दुई वार्ता टोली बीच भएको सहमतिको ४ नम्बर बुँदामा आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिलाई तत्काल छाड्ने उल्लेख छ । सोही सहमति अनुसार उनीहरू हिरासत मुक्त भएका हुन् ।
केवलकार पक्षधरले गरेको यातायात बन्दको क्रममा उनीहरू माघ २० गते दमकबाट पक्राउ परेका थिए । आन्दोलनकारी र प्रहरीबीच झापाको दमकमा दोहोरो ढुंगा हानाहान र झडप भएको छ । सोही क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियोे । हिरासत मुक्त भएकालाई मुकुम्लुङ अचाउ अभियान पक्षधरले अबिरजात्रा गरेका थिए ।
ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) मा धार्मिक आस्थामाथि प्रहार हुने गरी केवलकार निर्माण सुरु गरिएको भन्दै विभिन्न संघसंस्थाको व्यानरमा अरुण पूर्वका नौ जिल्ला बन्दको घोषणासमेत गरेर आन्दोलन सुरु भएको थियो ।
मंगलबार रातिको सहमतिसँगै माघ २७ गते पुनः बस्ने गरेर आन्दोलन स्थगित भएको छ । आन्दोलन स्थगित भएसँगै यातायात सुचारु भएको छ । दुई साता अघिदेखि अशान्त भनेको अरुण पूर्व शान्त बनेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच