
पाल्पा । कालिगण्डकी नदिमा पाल्पाका एक वृद्धको शव भेटिएको छ ।
स्याङ्जाको चापाकोट नगरपालिका-८ ज्याग्दीघाटस्थित कालिगण्डकी नदि किनारमा पाल्पा रम्भा गाउँपालिका–१ हुँगीका ८७ वर्षीय देबिलाल भट्टराईको शव फेला परेको हो ।
माघ २१ गते घरबाट हिडेका भट्टराईको सोमबार विहान घोप्टो परेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
शव फेला परेको जानकारी पाउन साथ जिल्लाबाट प्रहरी अधिकृत सहितको टोली घटनास्थलमा पुगी मुचुल्का उठाई शव पोष्टमार्टमको लागि चापाकोट अस्पताल पठाएको जनाइएको छ ।
घटनाको विषमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच