
रुपन्देही । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका, बर्बोटमा निर्मित शहिद पार्कको उद्घाटन गर्नुभएको छ।
जनताको अधिकारका लागि लड्दा वीरगति प्राप्त गरेका शहिद समशेर बहादुर खत्री, खिम विक्रम नेपाली, र जेदुराम भण्डारीको सम्मानमा उक्त पार्क निर्माण गरिएको हो।
उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा रहेका पुष्पकमल दाहालले पार्कभित्र स्थापित तीनवटै शहिदको शालिक अनावरण गर्नुभएको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुष्पकमल दाहाल ९प्रचण्ड०ले शहिद परिवारलाई सम्मान गर्दै धुर्कोट गाउँपालिका र गुल्मी जिल्लाको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा विशेष अतिथि पूर्व मन्त्री राम कुमारी झाँक्री, पूर्व सांसद टंक पोखरेल, विभिन्न राजनीतिक दलका नेताहरुले बोल्दै शहिदहरूको उच्च सम्मान गर्दै गाउँपालिकाले शहिदहरूको स्मृतिमा सुन्दर पार्क निर्माण गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए।
धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सीता गिरीले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो। साथै, हिमालय मावि र पञ्चायन माविका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। शहिद परिवार, छिमेकी पालिका तथा अन्य जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिती रहेको थियो ।
यस्तै माओबादीका अध्यक्ष प्रचण्डले मालिका गाउँपालिकाको नवनिर्वित प्रशासकीय भवन, मालिका पिस पार्क, हेलिप्याड र तेस्रो मालिका रनिङ सिल्ड प्रतियोगिताको समेत उद्घाटन गर्नु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच