
काठमाडौं । शिक्षा, सीप र उद्यमशीलताः रोजगारी हाम्रो प्राथमिकता भन्ने नाराका साथ बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित चौथो रोजगार तथा वृत्ति मेला सम्पन्न भएको छ । फागुन २ र ३ गते नगरपालिका परिसरमा भएको मेलामा सयौंले रोजगार प्राप्त गर्नुका साथै धेरै विद्यार्थीले इन्टर्न सुविधा प्राप्त गरेका आयोजकले जनाएको छ ।
उद्घाटन शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराई र समापन स्वास्थ्य मन्त्री प्रदिप पौडेलले गर्नुभएको रोजगार मेलामा विभिन्न रोजगारदाता कम्पनी तथा संस्थाले स्टल राखेर आवेदन लिएका थिए ।
मेलाको अवसर पारेर बुढानीलकण्ठ नगरपालिकाले नियमितरूपमा सञ्चालन हुने गरी वृत्ति तथा रोजगार परामर्श केन्द्र पनि शुभारम्भ गरेको छ भने विभिन्न विद्यालयका विद्यार्थीलाई परामर्श पनि प्रदान गरेको छ ।
विगतका मेलामा परामर्श र रोजगार प्रवद्र्धनलाई जोड दिएको नगरपालिकाले यसपटक भने रोजगारदाताको प्रत्यक्ष सहभागितामा नगरपालिका परिसरमा रहेका रोजगारदाताको स्टलमै आवेदन दिन सकिने व्यवस्था गरेको थियो, जसमा पहिलो दिन सयांै बेरोजगार नगरवासीले आफूले रोजगारीका लागि आवेदन दिएका थिए ।
नगरपालिकाले यसपटकको मेलामा युवा रोजगारीलाई विशेष प्राथमिकतामा राखेको थियो । पहिलोदेखि तेस्रो वृत्ति मेलामा समेत रोजगारी एवंं युवा तथा विद्यार्थी वृत्ति परामर्शलाई प्राथमिकतामा राखेको र सो अवधिमा तीनवटै रोजगारी तथा वृत्ति मेलामा बेरोजगार युवाको तथ्यांक संकलन गरेको थियो । तथ्यांक संकलनका क्रममा बेरोजगार युवाले लिन चाहेको रोजगारमूलक तालिमको माग संकलनसमेत गरिएको थियो । मागबमोजिम रोजगारी तथा वृत्ति कार्यक्रमअन्तर्गत २० जनालाई सिनियर १० महिने प्लम्बरिङ, ६० जनालाई कुकिङ र ४० जनालाई १० महिने कम्प्युटर हार्डवेयर तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी १२ वटै सामुदायिक माध्यमिक विद्यालयमा विद्यार्थी वृत्ति परामर्श कार्यक्रम सञ्चालन गरिएको थियो । रोजगारदाता र बेरोजगार युवाबीच सम्पर्क स्थापित गर्न अनलाइन प्लेट फर्म सञ्चालनमा ल्याइएको, शिक्षक आपूर्ति सहज बनाउन शिक्षक बैंक निर्माण गरी सञ्चालनमा ल्याइएको छ । सयौंको संख्यामा रोजगारदाता र बेरोजगार युवाबीच रोजगारीका लागि सम्पर्क स्थापित भएको नगरपालिकाले जनाएको छ । आयोजकका अनुसार मेलामा बढीभन्दा बढीलाई रोजगारी प्रदान गरिरहेका उद्यमीलाई नगर परिसरमा स्टलको व्यवस्था मिलाइएको थियो । मेलामा कुल ४२ स्टल रहेकामा सोमध्ये २० वटा रोजगारदाता, छवटा शिक्षा, सीप तथा तालिम प्रदायक, तीनवटा उन्नयनशील युवा उद्यम, सातवटा रमाइलो शुक्रबार प्रवद्र्धक र बाँकी छवटा विविध विषयका स्टल रहेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच