
जुम्ला । जुम्लाको हिमा गाउँपालिका– ५ स्थित कालिकाखेतु प्रथामिक स्वास्थ्य केन्द्रमा सञ्चालित तीन दिने निःशुल्क स्वास्थ्य शिवरमा एक हजार २८ जनाले सेवा लिएका छन् । गाउँपालिकाको आयोजना र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय,सुर्खेतको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित निःशुल्क स्वास्थ्य शिविरमा यहाँका नागरिक लाभान्वित भएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले जानकारी दिनुभयो ।
गत फागुन ३ देखी ५ गतेसम्म संचालित शिविरमा महिला सात सय ९ जना र पुरुष तीन सय १९ जनाले सेवा लिएको हिमा गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द भण्डारीले बताउनुभयो ।
स्त्री तथा प्रसुति, हाडजोर्नी, नाक कान घाटी, रेडियोलोजी, मानसिक, छाला र बाल रोगलगायत अन्य सेवाका २१ जना विशेषज्ञ चिकित्सकले सेवा दिएका हुन् । १० जनालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रेफर गरिएको छ । तीन दिने शिविर सम्पन्न पश्चात बाँकी औषधि तथा अन्य सामग्री प्रथामिक स्वास्थ्य केन्द्रमा हस्तात्रण गरिएको छ ।
नागरिकको घरदैलोमै दुई दर्जन विशेषज्ञ चिकित्सकको उपस्थितिमा निःशुल्क स्वास्थ्य शिविरमार्फत विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ । हिमा नागरिकको सहजताका लागि पालिकाले विभिन्न निकायको समन्वयमा स्वास्थ्य शिविरजस्ता कार्यक्रम संचालन गर्दै आएको हिमा गाउँपालिकाले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच