
काठमाडौं । लिबर्टी कलेजको सफल आयोजना तथा केबिए ग्लोबलको सहकार्यमा आयोजित अन्तरकलेज क्रिकेट प्रतियोगिता ‘केबिए ग्लोबल क्रिक्सल क्ल्यास’ सम्पन्न भएको छ ।
फेब्रुअरी १९ मा भेलोसिटी एरिनामा सम्पन्न प्रतियोगितामा नेपालभरका विभिन्न कलेजका २० टिम सहभागी थिए । प्रतियोगिताको उपाधि गोल्डेन गेट इन्टरनेसनल कलेजले जितेको छ भने सिसिआरसी कलेज पहिलो उपविजेता बनेको छ । गोल्डेन गेट कलेजले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको ट्रफी प्राप्त गरेको हो ।
विजेता टिम गोल्डेन गेटले नगद ४५ हजार, पदक तथा प्रमाणपत्र र उपविजेता सिसिआरसी कलेजले नगद २० हजारसहित पदक तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिता उद्घाटन समारोहमा केबिए ग्लोबल एजुकेसन एण्ड माइग्रेसनका डाइरेक्टर शम्भु कँडेल, केबिए ग्लोबलका सल्लाहकार विनोद दाहाल, मिडिया पार्टनर जुपिटर मिडियाका निर्देशक सुनिल आचार्य तथा अन्य प्रायोजकहरूले खेलाडीलाई क्रिकेटको उज्ज्वल भविष्यका लागि शुभकामना दिएका थिए । सो अवसरमा केबिए ग्लोबलका ब्रान्च म्यानेजर प्रेम कार्कीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच