सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी २०८४ सालपछि पनि एमाले वा कांग्रेसको सरकार बन्ने दाबी गर्नुभएको छ । प्रेस चौतारी नेपाल जिल्ला समिति सुर्खेतले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले एक्लै चुनाव लडेमा एमाले वा कांग्रेसको बहुमत आउने ठोकुवा गर्नुभयो ।
उहाँले भन्नुभयो, "आगामी चुनावमा दलहरू एक्लै प्रतिस्पर्धा गर्नुपर्छ । एक्लै चुनाव लड्दा कांग्रेस वा एमालेले बहुमत ल्याउनेछ, त्यसैले ८४ पछि पनि यी दुई दलमध्ये एकको सरकार बन्छ ।" वर्तमान सरकार २०८४ मंसिर ४ गतेसम्म टिक्ने उहाँको दाबी छ । उहाँले मिडियामा चलेका सरकार परिवर्तनका चर्चाहरू निराधार रहेको बताउनुभयो ।
सचिव भट्टराईले सरकारद्वारा प्रस्तुत अध्यादेश जुनसुकै अवस्थामा पनि पास हुने दाबी गर्नुभयो । सामाजिक सञ्जाल विधेयक नियन्त्रणका लागि ल्याइएको स्पष्ट पार्दै उहाँले कांग्रेस र एमाले एक ठाउँमा आएपछि थप आत्मविश्वास बढेको उल्लेख गर्नुभयो ।
उहाँले सुर्खेत विमानस्थल विस्तारका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । बजेट विनियोजन गर्ने आश्वासन दिँदै उहाँले विमानस्थलको विकास प्राथमिकतामा रहेको बताउनुभयो ।
राजतन्त्र अन्त्य हुने परिस्थितिको सिर्जना स्वयम् पूर्वराजा ज्ञानेन्द्रले गर्नुभएको उहाँको आरोप छ । उहाँले भन्नुभयो, "प्रचण्ड जति उफ्रे पनि जाने ठाउँ कहीँ छैन ।"
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच