नेपालमा उत्पादित टायल भारतमा निर्यात, चीन र अमेरिकामा निर्यात गर्ने तयारी

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडाैं । टायल उद्योगमा नेपाल आत्मनिर्भर बन्दै गएको छ । भृकुटीमण्डपमा जारी १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी उद्यमीहरुले यस्तो बताएका हुन् ।

प्राइम सेरामिक्स प्रा.लि.का सञ्चालक आशिष गढले नेपालमा हाल ६ वटा टायल उद्योगले टायल उत्पादन गरेर नेपाललाई आत्मनिर्भरतातर्फ लगिरहेको बताउनु भयो । उहाँले गत वर्षसम्म भारतबाट १४ अर्ब रुपैयाँ बराबरको टायल आयात हुने गरेकोमा यस वर्षदेखि ८० प्रतिशत माग स्वदेशी उत्पादनले धान्ने दाबी गर्नुभयो । स्वदेशी उत्पादन फस्टाएकाले मूल्यमा २० देखि ३० प्रतिशत घटेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘गत वर्षसम्म नेपालमा भारतबाट १४ अर्बको टायल आयात हुन्थ्यो । अहिले नेपालमा ६ वटा टायलका उद्योग आइसकेको छ । देश आत्मनिर्भरतातिर जाँदैछ । हामी नेपालको बर्ल अफ लो टायल उत्पादन गर्ने एकमात्र कम्पनी हो । हाम्रो निकै राम्रो मार्केट शेयर छ । उपभोक्ताहरुको हिसावले पनि देशमै स्वदेशी उत्पादन हुने भएकाले हाम्रो कस्ट निकै घटेको छ, झण्डै २० देखि २५ प्रतिशतसम्म टायलको मूल्य घटेको छ । स्वदेशमै उत्पादन हुने भएपछि चर्को भन्सार र भाडाहरु तिर्नु पर्दैन । नेपालको घर बनाउने खर्चमा राम्रै योगदान भएको छ । टायल उद्योग  यसरी फस्टाउँदा खेरि ।’

लुम्बिनी सेरामिक्सका निर्देशक आशुतोष खेतानले नेपालको टायल उत्पादनले अन्तर्राष्ट्रिय बजारमा उपस्थिति देखाउने समय आएको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा टायल उत्पादन भइरहेकाले भारत, चीन, अमेरिकालगायत युरोपिएन देशहरुमा समेत निर्यातका लागि योजनाहरु बनाइरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘इण्डियाबाट नेपालमा आजको दिनमा टायल किन्नुहुन्छ भने पहिलाको भन्दा आयातमा २० देखि २५ प्रतिशत सस्तो छ । अब हामी इम्पोर्टमात्रै होइन एक्पोर्ट गर्ने क्षमता लिएर अगाडि बढिरहेका छौँ । जुन फुल बढी टायल एक्जटिक सर्फेसेजहरु छ ति सर्फेसेजहरु इण्डियामा पनि धेरै कम फ्याक्ट्रीले मात्र बनाउँछ । अबको डेटमा हामी इण्डिया चाइना, युरोप र अमेरिकासम्मको कुरा गरिराछौँ । हाम्रो क्वालिटीले इन्टरनेशनल इस्टाण्डर्ड मिट गरिनै रहेको छ । अब इन्टर्नेश्नल मार्केकमा पनि प्रेजेन्ट देखाउने समय आयो ।’

निमाटोका निर्देशक जयश जैनले आफ्नो कम्पनी नेपालबाट भारतमा टायल निर्यात गर्ने पहिलो कम्पनी बनेको बताउनु भयो । उहाँले निमाटोेले दैनिक १८ हजार स्क्वाएर फिट टायल उत्पादन गरिरहेको भन्दै आफ्नो कम्पनी नेपालको सबैभन्दा ठूलो टायल उत्पादन गर्ने कम्पनी बनेको दाबी गर्नुभयो । स्वदेशी टायल उत्पादनका कारण उपभोक्ताले सस्तो मूल्यमा टायल खरिद गर्न पाएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी अहिले पोलिस्ड ग्लेस्ड भिक्ट्रिफाइज टायल उत्पादन गरिरहेका छौँ । नेपालको पहिलो भिक्टिीफाइड प्लान्ट हो । यसको उत्पादन दैनिक १८ हजार स्क्वाएर फिट हो । यो नेपालको सर्बभन्दा ठूलो प्लान्ट हो । हामी पहिलो कम्पनी हो जसले नेपालबाट भारतमा टायल निर्यात गरेको छ। अहिलेसम्म हामीले भारतमा टायल निर्यात मात्रै गरेका थियौँ अब निर्यात पनि शुरु भइसकेको छ ।’

नेपाल सेरामिक्सका सञ्चालक शम्भुनाथ झाले टायल निर्यातका लागि प्लान्ट थप्ने तयारी गरिरहेको बताउनु भयो । अहिलेको प्लान्टमा उत्पादन भइरहेका टायल स्वदेशकै माग धान्न ठिक्क भएको उहाँको भनाइ छ । भारत र चीनमा गएर कच्चा पदार्थका बारेमा गहिरो अध्ययन अनुसन्धान गरेर नेपालमा टायल उद्योग शुरु गरेको उहाँले बताउनु भयो । उहाँले नेपालको वार्षिक टायलको माग २ हजार हरोड रहेकाले पाँचदेखि ६ वटा उद्योग राम्रोसँग चल्नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उत्पादन शुरु गरेको तीन वर्ष भयो । नेपालमा टायल उत्पदन शुरु गर्ने हामी पहिलो हौँ । हामीले पाँच वर्ष चाहीँ नेपालमा टायल उत्पादन गर्न सकिन्छ कि सकिँदैन भनेर चाइना, इण्डियामा गएर अध्ययन गरेर र मेटरियलहरुका बारेमा पत्ता लगाएर  यो र मेटरियल नेपालमा छ कि छैन भन्ने कुरा बुझेर तीन वर्ष भयो उत्पादन शुरु गरेको । कोभिडले गर्दा हामीलाई अलिकति ढिला भएको थियो । ती वर्षदेखि कन्टिन्यु चलाइरहेका छौँ । हाम्रो आइसकेपछि अरु साथीहरुले पनि ल्याउनुभएको हो । अहिलेको हाम्रो उत्पादन जति छ सबै नेपालमै खपत भइरहेको छ, विदेशमा निर्यात गर्ने योजना हुँदा हुँदै पनि स्वदेशकै माग धान्न ठिक्क भएकाले निर्यात गर्न सकिरहेको छैन । अब अर्को प्लान्ट हालेर उत्पादन बढाएर निर्यात गछौँ । नेपालको टायलको मार्केट भनेको लगभग २ हजार करोडको हो, ५–६ वटा कम्पनी नेपालमा चलाउन सकिन्छ ।’

केही वर्षअघिसम्म एकाधिकाररुपमा भारतबाट आयात हुने टायल हाल स्वदेशकै उत्पादनले आत्मनिर्भर बन्न थालेको छ । नेपालमा उद्योग स्थापनाले स्थानीयले रोजगार पाउने मात्र नभइ विदेशी मुद्रा पनि विदेशिनबाट जोगिएको छ । टायल उद्योगलाई थप उत्पादनशिल बनाएर निर्यात गर्नसके विदेशी मुद्रा आर्जनको पनि महत्वपूर्ण स्रोत बन्नसक्ने उद्यमी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?