काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार निर्माणमा बाधा पुर्याउने कुराले लगानीकर्ताहरुको मनोबल घटाएको बताउनुभएको छ ।
विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरिरहेका बेलामा आन्तरिक लगानीकर्ताहरुलाई लगानी गर्न र विकास निर्माणका काम गर्नबाट रोक्नु भनेको लगानीकर्ताहरुको मनोबल घटाउनुभएको हो । महोत्तरीमा न्युज एजेन्सी नेपालका संवाददतासँगको कुराकानीमा उहाँले पाथीभरा मन्दिरमा सहज दर्शनका लागि र पर्यटन प्रवर्द्धनका लागि बनाउन लागिएको पाथीभरा केबलकार निर्माणमा अवरोध सिर्जना गरेर विकास निर्माणका काममा बाधा पुर्याउनु गलत भएको बताउनु भयो ।
उहाँले यस्ता गतिविधिले स्वदेशमै रोजगारी सिर्जना हुने कुरामा पनि समस्या हुने जिकिर गर्नुभयो । उहाँले बालबालिका, वृद्धवृद्धालाई सहज पहुँचका साथ दर्शन गर्नका लागि बनाउन लागिएको केबलकारले जिल्लावासीलाई घरमै बसेर रोजगारी गर्नसक्ने अवस्था सिर्जना हुने बताउनु भयो । यस परियोजना कोशी प्रदेशकै लागि मेघा प्रोजेक्न बन्ने दाबी गर्नुभयो । उहाँले केही राजनीतिक दल व्यक्तिहरुले गर्दा केबलकार निर्माणमा बाधा पुर्याइरहेको बताउनु भयो । यस्ता गतिविधिले विदेशी र स्वदेशी लगानीकर्तालाई लगानी गर्न निरुत्साहित गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी आफैँले सञ्चालन गरेको एउटा प्रोजेक्ट जस्तो पाथीभराकै कुरा गरौँ । जहाँ आम पब्लिकलाई सर्भिस दिने, एउटा बुढाबुढी, बच्चाहरुलाई ट्रान्सपोर्टको माध्यम बनाउने र टुरिजममा जान खोजेको पर्यटकलाई त्यहाँ पुग्नका लागि सहज वातावरण बाउने उद्देश्यले पाथीभरा केबलकार बनाउन लागिएको हो । त्यसलाई अलिकति पोल्टिकल हिसावमा र कहीँ कहीँ धार्मिक हिसावमा र कहीँ कहीँ फरक हिसावले पनि व्याख्या गरिएको छ । वास्तवमा यो एउटा ट्रन्सपोटेशनको एउटा माध्यमको रुमपा भएको चिजलाई विभिन्न बहानामा फरक हिसावले व्याख्या गरिएको छ । म एउटा म एउटा लगानीकर्ता र एउटा छाता संगठनको अध्यक्षको हिसावले पनि त्यो अलि दुःखद् हो । जहाँ रोजगारी सिर्जना गरिन्छ, जहाँ पूर्वाधार बनाइन्छ, जहाँ आम सर्वसाधारणलाई सुविधा दिइन्छ र पर्यटनको प्रवर्द्धन गरेर अघि बढाउने कुरालाई पनि गलत हिसावले व्याख्या गरेर राजनीतिक दल र धार्मिक रुपमा गरिएको छ । यो दुःखद् हो । आम सर्वसाधारणको फाइदाका लागि हामीले गरेका हौँ । त्यसको बिरोधमा लागिएको छ । ४५/५० डिग्रिको तापक्रममा त्यो जिल्लाका मान्छेहरु विदेशमा काम गर्न बाध्य भएको अवस्था छ । त्यसै गरेर मान्छे चाहेर पनि जान नसकेको अवस्था छ । त्यो आयोजनाले कोशी प्रदेशको मात्र नभइ समग्रमा पर्यटनमा मेघा प्रोजेक्टको रुपमा आउन खोजिएको छ । यसले हामी लगानीकर्तालाई ल्याउन, विदेशी लगानी कर्तालाई आउन आग्रह गरिरहेका छाैँ भने आन्तरिक लगानीकर्ताले वैदेशिक रोजगारमा जान बाध्य नेपालीलाई रोक्नको लागि आम नेपालीलाई सर्भिस दिने हिसावले खोजिएको छ । त्यसको बिरोध गरिएको छ । यो चिन्ताको विषय हो । उहाँहरुलाई पछि गएर यो पछुतो हुनसक्छ ।’
पाथीभरामा केबलकार बनाउनुपर्ने माग स्थानीयहरुको छ । यसले तीर्थालु र भक्तजनहरुलाई दर्शनका लागि सहज मार्ग हुनुका साथै स्थानीयहरुले रोजगारी पाउने अवसर दिनेछ । तीर्थालु र भक्तजनमात्रै नभई आम पर्यटक र सर्वसाधारणको सहजताका लागि केबलकार बन्नुपर्ने जिकिर स्थानीयको छ । केबलकार बन्दा कुनै धर्म संस्कृति विशेषलाई नभई सबै धर्म र संस्कृतिका आस्थावानलाई फाइदा हुने स्पष्ट छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच