
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको दोस्रो वुमन लिडरसिप समिट २०२५ आयोजना गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकाय र सिएनआई वुमन लिडरसिप फोरमको संयोजनमा चैत ३ गते आयोजना हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुुहुने आयोजकले जनाएको छ ।
सम्मेलनमा प्रविधि र इनोभेसन, वुमन इन सष्टेनेबल एग्रिकल्चर, इन्भेष्टिङ इन वुमन, बिवेण्ड बाउण्ड्रिज विषयमा सत्रगतरूपमा छलफल हुने बताइएको छ ।
सम्मेलनमा प्रविधि र इनोभेसन, वुमन इन सष्टेनेबल एग्रिकल्चर, इन्भेष्टिङ इन वुमन, बिवेण्ड बाउण्ड्रिज विषयमा सत्रगतरूपमा छलफल हुने आयोजकले मंंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्रकार सम्मेलनमा सिएनआई अध्यक्ष राजेशकुमार अग्रवालले महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला नेतृत्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञलाई एउटै थलोमा ल्याउने र नीतिगत तहमा नेपाल सरकार, सरोकारवाला निकायले लिनुपर्ने नीतिगत विषयमा गहनरूपमा छलफल हुने बताउनुभयो । उहाँका अनुसार यसपटकको शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुनेछ, जसले महिलाहरूलाई प्रेरित गर्नेछ ।
सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा स्थापित, रूपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त महिलासहित करिब पाँच सयजनाको सहभागिता रहने सिएनआई महिला नेतृत्व फोरमकी सभापति छाया शर्माले बताउनुभयो । सिएनआईका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले यस्ता सम्मेलनले महिलाहरूलाई अगाडि बढाउन सहयोग पुग्ने बताउनुभयो । सम्मेलनको टाइटल स्पोन्सर नबिल बैंकका उपमहाप्रबन्धक आदर्श बजगाईले महिलालाई अघि बढाउन बैंकले सहयोग गर्दै आएको र सोहीअनुरूप यसपटकको सम्मेलनमा पनि बैंक आबद्ध भएको बताउनुभयो ।
सम्मेलनमा मेक इन नेपाल स्वदेशी वस्तुहरूको प्रदर्शनीसमेत गरिने आयोजकले जनाएको छ । सम्मेलनको टाइटल स्पोन्सरमा नबिल बैंक रहेको छ भने एसियाली विकास बैंक (एडिबी) पावर्ड बाई रहेको छ । सम्मेलनका लागि नेपाल पर्यटन बोर्ड, एनसेल, एमएडब्लू वृद्धि मोटर्स, डाबर नेपाल, युनिलिभर, बोटलर्स नेपाल, कृषि विकास बैंक, चौधरी फाउण्डेसन, वल्र्डलिंक कम्युनिकेसन, भ्यास मिडिया, इभेन्ट म्याक्स, सोल्टी होटेल, इको एड, इन्क्युलिसिभ फ्युचर फाउण्डेसनले पनि सहकार्य गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच