
झापा । मध्यान्तरसम्म ३-० ले पछि परेको अवस्था उल्टाउँदै लिगलिडर चर्च ब्याइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ ।
बिहीबार काँकडभिट्टा खेल मैदानमा भएको सेमिफाइनल खेलमा लिग उपविजेता मच्छिन्द्र विरुद्ध ४–३ को गोल अन्तरको रोमाञ्चक जित दर्ज गर्दै चर्च ब्याइज फाइनल प्रवेश गरेको हो । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । उपाधीका लागि आयोजक काँकरभट्टिा फुटबल ट्रेनिङ र चर्च ब्याइज आमनेसामने हुनेछन् ।
आजको खेलमा मच्छिन्द्रले ३० औँ मिनेटमा पहिलो गोल गरेको थियोे । पेनाल्टी एरियाबाट विदेशी खेलाडी युसुफ मलिकले सो गोल गरेका हुन् । ४३ औं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो । सो गोल अर्का विदेशी खेलाडी एन्द्रेस नियालेले गरेका हुन् । त्यसको १ मिनेट नबित्दै फेरि युसुफले गोल गर्दै टिमलाई मजबुत स्थितिमा पुर्याए । यद्यपि, मच्छिन्द्रले नराम्रोसँग खेल हार्यो ।
चर्च ब्याइजका लागि खेलको ६१ औँ मिनेट विदेशी खेलाडी अबयोमि फकुन्लेले पहिलो गोल गरे । ६९ औँ मिनेटमा फकुन्लेले नै अर्को गोल थपे । विदेशी खेलाडी रिचार्ड विल्सनले ७८ औँ मिनेटमा गोल गर्दै टिमलाई बराबरी स्थितिमा पुर्याए । खेलको ८७ औँ मिनेटमा फकुन्लेले ह्याट्रिक पूरा गरे ।
यो प्रतियोगिताकै पहिलो ह्याट्रिक हो । फकुन्लेको सो गोलसँगै चर्च ब्याइजको फाइनल यात्रा पक्का भएको हो । खेलको प्लेयर अफ द म्याच ह्याट्रिक पूरा गरेका फकुन्ले बने । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताको विजेताले १० लाख, ट्रफी र मेडल पाउनेछ । उपविजेताले पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५१ हजार, उच्च गोलकर्ताले नगद २५ हजार, उत्कृष्ट प्रशिक्षक र गोलकिपरले समान २१ हजार, उदीयमान खेलाडीले नगद ११ हजार पाउने छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच