
झापा । झापाको गौरीगञ्ज बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ ।
त्यहाँ नेविसंघ र एमाले निकट अनेरास्ववियुका साझा उम्मेदवार रोशन यादव विजयी भएका छन् । रोशन नेविसंघबाट अध्यक्षका उम्मेदवार बनेका थिए । उनले ४६ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र समूहका लालदेव यादवले २९ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी मोहिनीकुमारी राजवंशीले २२ मत प्राप्त गरेको जनाइएको छ । सो क्याम्पसमा १ सय मत थियो । जसमध्ये ९७ मत खसेको थियो ।
तीनजना मतदाता आउने सम्भावना नरहेपछि मतदान समय अगावै मतगणना गरिएको हो । मतदानको समय दिउँसो ४ बजेसम्म तोकिएको भएपनि दिउँसो ३ । ३० बजे अगावै नतिजा सार्वजनिक गरिएको हो । सो क्याम्पसको स्ववियु सचिवमा डिल्लीराम पौडेल, कोषाध्यक्ष मुजेफर मिया ९ हरि ०, सदस्यमा डिल्ली राजवंशी, युगेश कटुवाल र इसा राजवंशी निर्वाचित भएका छन् ।
झापाका निर्वाचन भएका १३ मध्ये एक क्याम्पसमा स्ववियु अध्यक्ष जितेको छ । नेविसंघ झापा सभापति सञ्जय निरौलाले नेविसंघको विजयी सुरुवात भएको प्रतिक्रिया दिए ।
निर्वाचन समितिले मतगणनाका विषयमा थप केही स्पष्ट पारेको छैन । अध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतले सत्प्रतिशत सदर भएको देखिन्छ । मत गणना गर्दा प्राप्त मत लेखिएको मत परिणाम विवरण सिट हिमालय टाइमसलाई प्राप्त भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच