
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा नेपाली काँग्रेसको नभएको स्पष्ट पारेको छ ।
केही दिनअघि प्रतिनिधि सभाको बैठकमा काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा राख्नुभएको थियो । तर काँग्रेसको मंगलवार बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतले प्रमुख सचेतक घिमिरेले संसदमा यौन व्यवसाय खुला गर्नुपर्ने कुरा उहाँको नितान्त भएको र पार्टीको आधिकारिक धारणा नभएको बताउनु भयो ।
पार्टीले यसबारेमा कुनै धारणा नबनाएको भन्दै पार्टी पंक्ति र जनमानस दुविधामा नपर्न आग्रह गर्नुभयो । त्यस किसिमको धारणा नराख्न निर्देशन दिइएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘एउटा विषय बाहिर हाम्रो प्रमुख सचेतकजीले संसदमा बोलेको कुराको टिकाटिप्पणी भइरहेको छ । त्यो नेपाली काँग्रेस पार्टीको आधिकारिक धारणा होइन । त्यस्तो निर्णय नेपाली काँग्रेस पार्टीले लिएको छैन । अहिले कुनै लिने अवस्था पनि छैन । त्यस्तो दृष्टिकोण बनाएको छैन । पार्टी पंक्ति र जनमानस दुविधामा नपरे हुन्छ । प्रमुख सचेतकजीले संसदमा यौन व्यवसायलाई खुला गर्नुपर्छ भन्ने बोल्नुभयो । त्यो उहाँको नितान्त व्यक्तिगत हो । त्यसको खालको धारणा नराख्न भनेका छौँ ।’
बैठकमा राजावादीहरुको प्रदर्शनको बारेमा पनि छलफल भएको प्रवक्ता महतले बताउनु भयो । सरकार परिवर्तनको कुरा नभएको र सर्वदलीय सरकारको चर्चा नभएको पनि जिकिर गर्नुभयो ।
सरकारले अझ प्रभावकारी रुपमा काम गर्नुपर्ने बताउनु भयो । जनअपेक्षा धेरै रहेको तर सरकारको काम गर्ने क्षमता सिमित रहेको र क्षमताले भ्याएसम्म काम गर्नुपर्ने बताउनु भयो । सरकारमा बस्नेहरुले कुनैपनि नागरिकले प्रश्न गर्ने ठाउँ दिनु नहुने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच