भोजपुर । विद्यार्थीहरुलाई बैंकिङ्ग ज्ञान दिने उद्देश्यले भोजपुरका दुई वटा विद्यालयमा साक्षरता कार्यक्रम संचालन गरिएको छ ।
सदरमुकाममा रहेको विद्योदय माध्यमिक विद्यालयमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भोजपुर शाखाले साक्षरता कार्यक्रम संचालन गरेको हो ।
कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका लागि साक्षरता कार्यक्रम संचालन गरिएको शाखा प्रवन्धक नविन बुढाथोकीले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय तहको बैंकिङ्ग व्यवहारिक ज्ञान प्रदान गरिएको बुढाथोकीले जानकारी दिनुभयो ।
बैंकहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत साक्षरता कार्यक्रमहरु संचालन गर्दै आईरहेका छन् । खाता खोल्ने तरिका, बचत गर्ने बानी, बचतको महत्व, यसले पार्ने सकारात्मक प्रभावलगायतका बिषयमा विद्यार्थीहरुलाई जानकारी दिईएको छ ।
यस्तै भोजपुर नगरपालिका वडा नम्वर ४ मा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि एनएमबी बैंकको भोजपुर शाखाले साक्षरता कार्यक्रम संचालन गरेको छ । खाता संचालन, बैंकले उपलब्ध गराउने निक्षेप तथा कर्जाका किसिम, विभिन्न डिजिटल प्रडक्ट र त्यसको उपयोगिताका अतिरिक्त वित्तीय अनुशासनका बारेमा पनि विद्यार्थीलाई जानकारी दिईएको बैंकले जनाएको छ ।
बैंकद्वारा सम्पादन हुने सबै किसिमका कार्यहरुका बारेमा विद्यार्थीहरुले बुझ्ने गरी साक्षरता कार्यक्रममा प्रकाश परिएको थियो । सो क्रममा विद्यार्थीहरुले बैंकिङ्ग तथा वित्तीय जिज्ञासाहरु समेत राखेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच