सिन्धुली । जिल्लामा खोलामा नुहाउने क्रममा डुबेर एक किशोरीको मृत्यु भएको छ । तीनपाटन गाउँपालिका-१, छरछरेकी १७ वर्षीया सोमकुमारी चौहानको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएको हो ।
अपराह्न ३ः ४५ मा स्थानीय झुँगा खोलामा नुहाउने क्रममा उनी डुबेकी थिइन् । स्थानीय तथा परिवारजनले उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा पुर्याएका थिए । तर, गम्भीर अवस्थामा रहेकी चौहानलाई थप उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेका बेला मृत्यु भएको स्थानीयबासी बताउँछन् ।
स्थानीय कृष्ण अधिकारीकाअनुसार चौहान माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने तयारीमा थिईन् ।
सिन्धुली प्रहरीले यस घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । गर्मीयाम सुरु भएसँगै खोलामा नुहाउने क्रममा हुने दुर्घटनाबाट बच्न सावधानी अपनाउन स्थानीयबासीलाई आग्रहसमेत गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच