
नवलपरासी । बर्दघाट नगरपालिकाको आयोजनामा तथा गौतम बुद्ध मिडिया हाउसको समन्वयमा सूचनाको हक सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सूचनाको हक ऐन, पारदर्शिता, नागरिकको जानकारी प्राप्त गर्ने अधिकार, तथा सरकारी निकायहरूका कानुनी व्यवस्थाका बारेमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख सम्भुलाल श्रेष्ठले सूचनाको हकले पारदर्शिता र जवाफदेहितामा वृद्धि गर्ने उल्लेख गर्नुभयो। उहाले नगरपालिकाले नागरिकलाई आवश्यक सूचनाहरू सहज रूपमा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो। सूचनाको सङ्कलन प्राप्ति र विश्लेषण उचित रुपमा हुनुपर्ने श्रेष्ठको भनाइ छ।
कार्यक्रमका प्रमुख सहजीकरणकर्ता पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले सूचनाको हक ऐन, सरकारी निकायहरूले दिनुपर्ने जानकारी, तथा सूचना प्राप्ति प्रक्रियाका विषयमा प्रष्ट पार्नुभयो। उहाँले सरकारी नीति, योजना, बजेट, खर्च विवरण, तथा सेवाका बारेमा नागरिकले सहज रूपमा जानकारी लिन पाउनुपर्ने बताउनुभयो।
त्यस्तै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले नागरिक अधिकार, सरकारी सेवा प्राप्त गर्ने प्रक्रिया, उजुरी दर्ता, तथा कानुनी उपचारका विषयमा जानकारी गराउनुभयो। कार्यक्रममा बर्दघाट नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेले सूचनाको हक ऐन अन्तर्गत नागरिकहरूले सूचना माग्न सक्ने विधि तथा सार्वजनिक निकायहरूले पारदर्शी रूपमा सूचना उपलब्ध गराउनुपर्ने कानुनी दायित्वका बारेमा प्रकाश पार्नुभयो।
कार्यक्रममा बर्दघाट नगरपालिकाका विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालयका सूचना अधिकारी, वर्दघाट खानेपानी तथा सरसफाई संस्थाका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ, तथा बजार विकास समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमले सरकारी निकायहरूमा पारदर्शिता बढाउने तथा नागरिकलाई जानकारी प्राप्त गर्ने प्रक्रियाबारे सचेत गराउने विश्वास लिइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच