
ईश्वरदत्त भट्ट
देशकै सबैभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको त्रिभुवन विश्वविद्यालयले चैत ५ गते र सुदूरपश्चिम विश्वविद्यालयले चैत २७ गतेका लागि स्ववियु चुनाव घोषण गरेसँगै त्रिभुवन विश्वविद्यालयका देशभरका आंगिक क्याम्पसहरू र सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा एउटा तरंग छाएको छ । विद्यार्थीहरूमा नेतृत्व क्षमता प्रदर्शनको होडबाजी चलेको छ भने राजनीतिक दलहरूमा आफ्नो शक्ति मापनको आकांक्षा बढेको छ । विद्यार्थी संगठनहरू आ-आफ्नो संगठनको एजेण्डाहरू विद्यार्थीमाझ पुर्याइरहेका छन् भने राजनीतिक दलहरू आन्तरिक सहयोग र नेतृत्व चयनमा व्यस्त छन् ।
विसं १९८१ मा भारतको बनारसमा पढ्न गएका नेपाली विद्यार्थीहरूले नेपाली छात्र संघको स्थापना गरेसँगै नेपाली विद्यार्थी आन्दोलनको औपचारिक सुरुवात भएको देखिन्छ । नेपालभित्र भने वि.सं १९९१ तिर महावीर स्कुलको स्थापनासँगै चिनियामान सिंहले विद्यार्थीको हक र अधिकारका लागि आवाज उठाएको पाइन्छ । त्यही समय १९९२ तिर गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री लगायतका विद्यार्थीहरूले नेपाल नागरिक अधिकार समितिको गठन गरेर राणा शासनविरोधी भावनाको विजारोपण गर्ने काम गरेका थिए । त्रिचन्द्र कलेजमा विद्यार्थीहरू माझ राणा विरोधी भाषण गरेकै कारण गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएको थियो । बि.सं २००४ सालतिर तिनधारा पाठशालाबाट परीक्षा दिन बनारस गएका नेपाली विद्यार्थीहरूले त्यतिबेला नेपाली कांग्रेसको आमसभामा सहभागी भएर आएपछि त्यसबेलाको नेपाल सरकारलाई चारबुँदे माग राखे तर उक्त सरकारले मागहरू पूरा नगरेपछि “जयन्तु संस्कृतम्” आन्दोलनको सुरुवात गरेका थिए । यसरी सुरु भएको विद्यार्थी आन्दोलन पछि २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेपछि विद्यार्थी संगठनलगायत अन्य संघ संस्थाहरूले विरोध गर्न थालेपछि विसं. २०१८ मा राष्ट्रिय निर्देशन ऐन मातहत संघ संस्था नियन्त्रण ऐन ल्याएर नै विद्यार्थी आन्दोलनमा प्रतिबन्ध लगाएका थिए । पछि २०२० तिर विद्यार्थीहरूले प्रतिबन्धका विरुद्धमा आन्दोलन गरेपछी स्ववियुको उदभव भएको थियो । सो समय कलेजहरूमा दुई धारका विद्यार्थी संगठनहरू थिए एउटा धार पञ्चायत समर्थकहरूको थियो भने अर्को धार प्रजातान्त्रिकहरूको थियो । पछि २०२२ तिर नेकपा नजिकको अनेरास्ववियु र २०२७ तिर नेपाली कांग्रेसनजिक नेविसंघको स्थापना भएदेखि नेपाली विद्यार्थी राजनीतिमा भ्रातृ संगठनहरूको सक्रियता बढेको देखिन्छ । त्यसपछि २०३६, २०४६। २०६२÷६३ को आन्दोलनहरूमा समेत विद्यार्थी आन्दोलन र राजनीतिको सक्रिय भूमिका रहेको पाइन्छ ।
अबको विद्यार्थी राजनीति पुरानो शैलीको नाराबाजी, दलगत स्वार्थ, र अवसरवादिताबाट मुक्त भई विद्यार्थीहरूलाई शिक्षित, सशक्त, आत्मनिर्भर र जागरूक नागरिक बनाउने हुनुपर्छ । जब स्ववियु शिक्षा सुधार, रोजगारी, प्रविधि, नवाचार र सामाजिक रूपान्तरणमा केन्द्रित हुन्छ, तब मात्र विद्यार्थी राजनीतिले आफ्नो वास्तविक उद्देश्य प्राप्त गर्नसक्ने छ । स्ववियु विद्यार्थीहरूका आवाज बुलन्द बनाउने संस्था हो, न कि कुनै राजनीतिक दलको भोट बटुल्ने भर्याङ हो । यसको गरिमा जोगाइराख्न, विद्यार्थी नेताहरूले आत्मालोचना गर्दै समयानुकूल सुधार गर्नुपर्छ नत्र, भविष्यमा विद्यार्थी राजनीति इतिहासका पानामा मात्र सीमित हुने सम्भावना बलियो बन्दै गएको छ ।
यसरी सुरुवात भएको विद्यार्थी आन्दोलनले प्रजातन्त्रको पुनर्बहाली गर्न र गणतन्त्रको विजारोपण गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको थियो भन्ने कुरामा कुनै गुञ्जायस छैन । जब जब राज्यसत्ताले दमन गर्न खोज्यो या राजनीतिक अधिकारहरू कुण्ठित गर्न खोज्यो त्यतिबेला विद्यार्थी आन्दोलन बुलन्द आवाज भएर उठ्यो र जनतालाई राजनीतिक अधिकारहरू फिर्ता दिन र राज्यसत्ताको दमनलाई कडा चुनौती दिन विद्यार्थी आन्दोलनले महत्वपूर्ण भूमिका निर्वाह गर्यो । विद्यार्थी आन्दोलन अहिलेको गणतान्त्रिक व्यवस्थाको जनक पनि हो किन भने जब राज्यले सम्पूर्ण राजनीतिक अधिकार आफ्नो हातमा लिएको थियो त्यो बेलामा लोकतान्त्रिक मूल्य र मान्यताको प्रचार गर्न र आफ्ना राजनीतिक अधिकार फिर्ता माग्न स्ववियुको जन्म भएको थियो त्यसै बेलादेखि प्रजातन्त्रको पुनर्बहाली र गणतन्त्रात्मक व्यवस्थाको बिजारोपणसम्म विद्यार्थी आन्दोलन र स्ववियुको महत्वपूर्ण भूमिका रहेको छ । विगतमा राज्यसत्ताले दमन गर्ने र जनताका अधिकारहरूलाई आफ्नो हातमा लिने र निरंकुशताको बाटोमा अग्रसर हुने भयबाट बच्न विद्यार्थी आन्दोलन महत्वपूर्ण थियो तर अहिले आएर बेला बेलामा स्ववियु र विद्यार्थी राजनीतिमाथि प्रश्न भने उठने गरेको पाइन्छ । विद्यार्थी भ्रातृ संगठनहरू राजनीतिक दलहरूको कठपुतली बन्नु र स्वार्थकेन्द्रित विद्यार्थी राजनीतिका कारण अहिले स्ववियुको औचित्यमाथि प्रश्न उठ्ने गरेको छ ।
बेला बेलामा स्ववियुको औचित्यमाथि प्रश्न उठ्ने गरेको पाइन्छ किनकि स्थापना कालदेखि नै स्ववियुमा राजनीतिक दलका भ्रातृ संगठनहरूको वर्चस्व रहँदै आएको छ । त्यतिबेला विद्यार्थी राजनीतिको कार्य सत्तासँगको लडाइँ थियो र उक्त लडाइँ केवल विद्यार्थीहरूले मात्र लड्नसक्ने अवस्था थिएन त्यसकारण विद्यार्थीहरूलाई राजनीतिक दलहरूको सहयोग र राजनीतिक दलहरूलाई विद्यार्थीहरूको साथ चाहिएको थियो । यस्तो अवस्थामा राजनीतिक दलहरूका लागि स्ववियु मजबुत माध्यम बन्न पुग्यो । तर, अहिले अवस्था बदली सकेको छ । अब विद्यार्थी राजनीति र स्ववियुले विद्यार्थीका लागि काम गर्नुपर्ने छ । विद्यार्थी र कलेज प्रशासन बीचको सेतु बन्नुपर्ने छ । विज्ञान र प्रबिधिको तीव्र विकाससँगै विद्यार्थीको अध्ययन र अध्ययनका क्षेत्रहरू फराकिला बन्दै गएका छन् । यसकारण अबको विद्यार्थी राजनीति र स्ववियुले विद्यार्थीलाई कसरी रोजगारीसँग जोड्ने विद्यार्थीका समस्याहरू कसरी समाधान गर्ने भन्ने कुरामा केन्द्रीय हुनुपर्ने छ । राजनीतिक दलहरूले पनि आफ्नो स्वार्थपूर्तिका निम्ति विद्यार्थीहरूको प्रयोग गर्ने र आफ्नो स्वार्थ सिद्ध गर्ने कार्य बन्द गर्नुपर्ने छ । भ्रातृ संगठनहरू लाई आफ्नो कठपुतली बनाउनुभन्दा पनि उनिहरू लाई आफ्नो स्वबिबेकले काम गर्न दिनुपर्छ ।
विद्यार्थी राजनीति देशको नेतृत्व निर्माणको थलो पनि हो यहाँ विद्यार्थीहरूले आफूलाई राजनीति र नेतृत्वका लागि निर्माण गर्ने व्यावहारिक स्थान पाउँछन् । त्यो हुँदा राजनीतिक दलहरूले विद्यार्थी राजनीति र भ्रातृ संगठनहरूलाई आफूअनुकूल नबनाई विद्यार्थीहरूलाई स्वतः उक्त व्यावहारिकताको प्रयोग गर्न दिनुपर्छ । विद्यार्थी संगठनका विद्यार्थी नेताहरूले पनि आफूलाई नैतिकताको घेराभित्र राख्न सक्नुपर्छ । जब विद्यार्थी नेताहरूले आफूलाई नैतिकताको मुल्यांकन र नैतिकताको घेराभित्र राख्न सक्दैनन् तब कलेज र विद्यालय विद्या आर्जन गर्ने ठाउँ हुन् या राजनीति गर्ने ठाउँ हुन् छुट्याउन गाह्रो पर्छ । यसकारण विद्यार्थी नेताहरूले पनि राजनीतिलाई आफ्नो कमाइखाने भाँडो नबनाई ज्ञान, विद्या र सीप आर्जनको माध्यम बनाउनुपर्छ ।
अहिलेको गणतान्त्रिक व्यवस्थामा विद्यार्थी राजनीति र स्ववियुले अब नयाँ तरिकाले कार्य गर्न जरुरी छ । विद्यार्थीहरूका हक अधिकारको संरक्षण सँगसँगै विद्यार्थीहरूलाई रोजगारीसँग कसरी जोड्ने र विद्यार्थीहरूको अध्ययनलाई कसरी उपलब्धिमूलक बनाउने भन्ने बिषयमा ध्यान दिन जरुरी छ । आर्टिफिसियल इन्टेलिजेन्सको बिकासले अहिले बिश्वमा एउटा नयाँ तरंग ल्याएको छ । त्यसको प्रभाव शिक्षामा समेत परेको छ । उक्त कुरालाई समेत विद्यार्थीहरूसँग जोडेर कसरी अब नयाँ विज्ञान र प्रविधिमूलक शिक्षा प्रदान गर्ने भन्ने विषयहरूमा स्ववियु र विद्यार्थी राजनीतिले केन्द्रित हुन जरुरी छ । यसरी विद्यार्थीहरूको हक र हितका लागि नयाँ ढंगले कार्य गर्यो भने विद्यार्थी राजनीतिको सार्थकता र औचित्यता रहन्छ हैन भने जुन तरिकाले विद्यार्थीहरू माझ अराजकता र असहिष्णुताको एउटा बाटो देखिँदै छ । त्यही बाटोमा जाने हो भने स्ववियु र विद्यार्थी राजनीतिको कुनै औचित्यता छैन ।
स्ववियु र विद्यार्थी राजनीतिले आफ्नो ऐतिहासिक विरासत बिर्सनु हुँदैन । विगतमा स्ववियुले राज्यसत्ताविरुद्ध लडेर प्रजातन्त्र र गणतन्त्रको मार्गप्रशस्त गर्यो, तर अहिलेको परिप्रेक्ष्यमा यसको भूमिकामा परिवर्तन आवश्यक छ । आजको विद्यार्थी राजनीति केवल नाराबाजी र शक्ति प्रदर्शनमा सीमित हुनु हुँदैन, बरु विद्यार्थीको शैक्षिक गुणस्तर सुधार, रोजगारीका अवसर सिर्जना, वैज्ञानिक तथा प्राविधिक शिक्षा प्रणालीको प्रवद्र्धन, अनुसन्धानको संस्कृति विकास, छात्रवृत्ति तथा शैक्षिक अवसरहरूमा पहुँच वृद्धि र समावेशी तथा समानतामूलक शैक्षिक वातावरण सिर्जना गर्नुमा पनि केन्द्रित हुन आवश्यक छ । राजनीतिक दलहरूले विद्यार्थी संगठनलाई आफ्नो शक्तिसम्पन्न भ्रातृ संगठन मात्र नबनाई स्वतन्त्र रूपमा सोच्न, निर्णय गर्न र नेतृत्व विकास गर्न दिनुपर्छ । विद्यार्थी नेताहरूले पनि आफ्नो भूमिका केवल चुनाव जित्नु वा कुनै पार्टीको हितमा काम गर्नु मात्र ठान्नु हुँदैन, बरु विद्यार्थीहरूको हकहित र समग्र शैक्षिक वातावरण सुधारमा केन्द्रित हुनुपर्छ ।
अहिलेको युग विज्ञान र प्रविधिको युग हो । स्ववियुले पनि अब डिजिटल शिक्षा, उद्यमशीलता, रोजगारीमुखी पाठ्यक्रम, नयाँ प्रविधिको उपयोग, विद्यार्थीहरूको मानसिक स्वास्थ्य, लैंगिक समानता, र वातावरणीय सचेतनाका मुद्दाहरू उठाउनु जरुरी छ । अन्यथा, विद्यार्थी राजनीति अराजकता, स्वार्थ, र अवसरवादिताले ग्रसित भई आफ्नै औचित्य गुमाउन सक्ने खतरा रहन्छ ।
विगतमा राज्यसत्ताले दमन गर्ने र जनताका अधिकारहरूलाई आफ्नो हातमा लिने र निरंकुशताको बाटोमा अग्रसर हुने भयबाट बच्न विद्यार्थी आन्दोलन महत्वपूर्ण थियो तर अहिले आएर बेला बेलामा स्ववियु र विद्यार्थी राजनीतिमाथि प्रश्न भने उठ्ने गरेको पाइन्छ । विद्यार्थी भ्रातृ संगठनहरू राजनीतिक दलहरूको कठपुतली बन्नु र स्वार्थकेन्द्रित विद्यार्थी राजनीतिका कारण अहिले स्ववियुको औचित्यमाथि प्रश्न उठ्ने गरेको छ ।
अबको विद्यार्थी राजनीति र स्ववियु कस्तो हुनुपर्छ ?
विद्यार्थी राजनीति र स्ववियु इतिहासमा “जयन्तु संस्कृतम्” आन्दोलनदेखि विसं. २०६२/०६३को आन्दोलनसम्म सशक्त आन्दोलनका रूपमा रहेको कुरामा कुनै गुञ्जायस छैन । तर, समय अनुसार यसको भूमिकामा पनि रूपान्तरण आवश्यक छ । अहिलेको विद्यार्थी राजनीतिले केवल नाराबाजी र राजनीतिक दलहरूको शक्ति प्रदर्शनमा मात्र सीमित नभई, विद्यार्थीहरूको समग्र शैक्षिक, सामाजिक, आर्थिक र मानसिक विकासमा केन्द्रित हुनुपर्छ ।
१. शिक्षामा सुधार र विद्यार्थीको हकहितमा केन्द्रित हुनुपर्छ
स्ववियुले विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधारका लागि कलेज प्रशासनदेखि राज्य संयन्त्रहरू सँगको छलफल र बहसमा मजबुत सेतुको भूमिका निर्वाह गर्नुपर्छ । विद्यार्थीहरू लाई छात्रवृत्तिको पहुँच, पुस्तकालय, प्रयोगशाला, इन्टरनेट जस्ता शैक्षिक पूर्वाधारको विस्तारलाई प्राथमिक मुद्दा बनाउनुपर्छ । पाठ्यक्रमलाई रोजगारमूलक बनाउने, व्यावसायिक तथा प्राविधिक शिक्षालाई प्रवद्र्धन गर्ने विषयमा ध्यान दिनुपर्ने छ र गुणस्तरीय शिक्षाको पक्षमा सशक्त आवाजको उठान गर्न आवश्यक छ ।
२. शिक्षालाई रोजगारीमूलक र उद्यमशीलता प्रवद्र्धक बनाउनुपर्ने छ
स्ववियुले कलेज तथा विश्वविद्यालयहरूसँग प्रत्यक्ष रूपमा उद्योग, बैंक तथा निजी क्षेत्रलाई जोड्ने, जसले विद्यार्थीलाई स्नातक गरेपछि रोजगारी पाउन सहज बनाउनुपर्ने छ । स्टार्टअप, इन्टरन्सिप, फ्रिलान्सिङ, तथा डिजिटल उद्यमशीलताको प्रवद्र्धन गरी विद्यार्थीलाई आत्मनिर्भर बनाउने प्रयास गर्नुपर्ने छ ।
३. स्ववियु र विद्यार्थी संगठनहरू राजनीतिक पार्टीको कठपुतली बन्नु हुँदैन
विद्यार्थी संगठनहरू राजनीतिक दलहरूको स्वार्थको मात्रै उपकरण बन्ने परिपाटी अन्त्य गर्नुपर्ने छ । विद्यार्थी नेतृत्वले राजनीतिक सिद्धान्तहरू बुझ्न, अध्ययन गर्न, र विश्लेषण गर्नसक्ने हुनुपर्ने छ र निरर्थक आन्दोलन, हुलदंगा, तोडफोड, अराजकता बढाउने प्रवृत्ति परित्याग गर्नुपर्ने छ । विद्यार्थी संगठन स्वतन्त्र रूपमा निर्णय गर्न सक्षम हुनुपर्छ । पार्टीका नेताहरूको निर्देशनमा मात्र चल्ने परिपाटीको अन्त्य गर्न जरुरी छ ।
४. प्रविधि र नवाचारमुखी राजनैतिकता संस्कारको विकास गर्नुपर्ने छ
अहिलेको युग डिजिटल शिक्षाको युग हो यसमा विद्यार्थी संगठनहरूले र स्ववियुले अनलाइन कक्षा, ई-लाइब्रेरी, कोडिङ, एआई, साइबर सुरक्षा, र नवप्रवर्तनशील शिक्षा जस्ता विषयमा नीतिगत पैरवी गर्नुपर्नेछ । विद्यार्थीहरूको अनुसन्धानलाई बढावा दिने, नवप्रवर्तनशील सोचलाई प्रवद्र्धन गर्ने वातावरण बनाउनुपर्ने छ ।
५. स्ववियु र विद्यार्थी नेतृत्वले समाज रूपान्तरणमा अग्रसर हुन जरुरी छ
अब विद्यार्थी राजनीति केवल चुनाव जित्नका लागि र राजनैतिक पार्टीहरूका भ्रातृ संगठनहरूको पोषण गर्नका निम्ति नभई सामाजिक परिवर्तन, लंैगिक समानता, वातावरणीय सचेतना, मानसिक स्वास्थ्य, र मानव अधिकारको प्रवद्र्धनमा केन्द्रित हुनुपर्छ । समाजमा व्याप्त जातीय विभेद, हिंसा, महिला हिंसा, भ्रष्टाचार आदि विरुद्ध विद्यार्थी राजनीतिले सशक्त भूमिका निर्वाह गर्नुपर्नेछ ।
६. वैचारिक बहस र लोकतान्त्रिक संस्कृतिको विकास गर्नुपर्ने छ ।
अबको विद्यार्थी राजनीतिले हिंसा होइन, बहसको माध्यमबाट परिवर्तन ल्याउने दिशामा जानुपर्छ । कलम र विचारलाई आफ्नो आदर्श बनाउनु पर्नेछ । लोकतान्त्रिक मूल्य मान्यता, समालोचनात्मक सोच, स्वतन्त्र विचार अभिव्यक्ति, सहिष्णुता र स्वस्थ बहस गर्ने परिपाटी विकास गर्नुपर्नेछ ।
अबको विद्यार्थी राजनीति पुरानो शैलीको नाराबाजी, दलगत स्वार्थ, र अवसरवादिताबाट मुक्त भइ विद्यार्थीहरूलाई शिक्षित, सशक्त, आत्मनिर्भर र जागरूक नागरिक बनाउने हुनुपर्छ । जब स्ववियु शिक्षा सुधार, रोजगारी, प्रविधि, नवाचार र सामाजिक रूपान्तरणमा केन्द्रित हुन्छ, तबमात्र विद्यार्थी राजनीतिले आफ्नो वास्तविक उद्देश्य प्राप्त गर्न सक्ने छ । स्ववियु विद्यार्थीहरूका आवाज बुलन्द बनाउने संस्था हो, न कि कुनै राजनीतिक दलको भोट बटुल्ने भ¥याङ हो । यसको गरिमा जोगाइराख्न, विद्यार्थी नेताहरूले आत्मालोचन गर्दै समयानुकूल सुधार गर्नुपर्छ नत्र, भविष्यमा विद्यार्थी राजनीति इतिहासका पानामा मात्र सीमित हुने सम्भावना बलियो बन्दै गएको छ ।
(लेखक भट्ट सुदूरपश्चिम विश्वविद्यालयमा कानून विषयमा अध्ययनरत विद्यार्थी हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच