सर्लाही । सर्लाहीका लालबन्दीमा वित्तीय साक्षरताका लागि प्रत्येक वर्ष विश्वभर मनाइने ग्लोबल मनी वीक २०२५ अन्तर्गत सर्लाहीको लालबन्दीमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । लालबन्दी बैंकर्स समूहको आयोजनामा भएको कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । ‘अनुकरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्वक खर्च गरौं’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा सहभागीहरूले वित्तीय ज्ञान र सचेतना सम्बन्धी प्लेकार्ड तथा ब्यानर बोकेर प्रभातफेरी गरेका थिए ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका कर्मचारी, स्थानीय प्रतिनिधि तथा नागरिकहरूको उपस्थिति रहेको थियो । यस अवसरमा डिजिटल बैंकिङ, साइबर सुरक्षासम्बन्धी जनचेतना बढाउनका लागि विभिन्न सन्देशहरू समेत प्रवाह गरिएको थियो ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले बैंकिङ सुरक्षासम्बन्धी सतर्कता अपनाउनुपर्ने आवश्यकता बारे जानकारी गराएको एनएमबि बैंक लालवन्दी शाखा प्रमुख अरुण आचार्यले जानकारि दिनुभयो । वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरूले बैंकिङ सेवा सुरक्षित तथा जिम्मेवारपूर्वक प्रयोग गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
ग्लोबल मनी वीक प्रत्येक वर्ष चैत्र महिनामा मनाइन्छ, जसले बालबालिका, युवा तथा आम नागरिकलाई वित्तीय साक्षरताबारे सचेत गराउने उद्देश्य राख्छ । सर्लाहीको लालवन्दीमा मात्र २० क वर्गा १३ , ख वर्ग ४ ग बर्गा ३ बैंक तथा वित्तीय संस्थाकाले आफनो सोवा प्रवाहा गरिरहेका छन् । यसले गर्दा यस क्षेत्रमा सहज रुपान बैंकिङ कारोवार संचमलन हुनुको साथै व्यवसाय संचालनमा समेत अतुलनीय योगदान पुगेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच