बारा । नगरपालिका संघको ३२ औं स्थापना दिवसको अवसरमा बिहिवार काठमाडौंमा सम्पन्न एक समाराेहमा बाराको कलैया उपमहानगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिकाको पुरस्कार प्रदान गरिएकाे छ ।
आ.व.२०८०/८१ मा ‘सामाजिक विकाश क्षेत्रमा’ उल्लेख्य कार्यसम्पादन गरेकोले सोको उच्च मुल्यांकन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साह, उपप्रमुख रौशन प्रविन तथा प्रमुख प्रशासकिय अधिकृत नाथु साहलाई संयुक्त रुपमा 'Municipala Excellence Award 2081' ले सम्मानित गर्नु भएको हो ।
नागरिकको जीवन उकास्न उल्लेख्य कार्य गरेको तथा कृषि, शिक्षा, स्वास्थ्यलगायतको सामाजिक क्षेत्रमा देशमै उत्कृष्ट कार्य गरे बापत उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ ।
नगर प्रमुख साहले पुरस्कार तथा सम्मान थाप्दै पालिकाका जनप्रतिनिधी, कर्मचारी तथा आम नगरबासीलाई बधाई दिँदै आगामी दिनमा थप उर्जाका साथ सेवा प्रवाह गरिने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच