
संसारमा सिद्धान्त अनेक छन्, वाद अनेक छन् र व्यवहार वृत्तिका अनेक रूप पनि देख्न सकिन्छ । जीवन पद्धतिलाई सरल र सहज तुल्याउन अनेकौँ उपाय अवलम्बन गरिन्छन् । यसकै लागि अनेकौँ दर्शन प्रतिपादन भएका छन्, आस्तिक नास्तिक आदि । यसका साथै अनेकौँ सिद्धान्त पनि जीवनमा उपयोगी रहन्छन् । यसका साथै अनेकौँ चिन्तनले पनि निरन्तर हाम्रा व्यवहारमा सहज तुल्याइरहेका हुन्छन् । यस्तै मध्येको एक चिन्तन तिर्यक वा छड्के चिन्तन वा सिद्धान्त पनि हो । हरेक विषवस्तुको गति तिर्यक पथमा हुन्छ भनी जीवन र जगतलाई पनि हेर्न सकिन्छ । यसमै हाम्रा यावत विषयवस्तु सम्पादन भइरहेका हुन्छन् । व्यवहार एवं जीवन पद्धतिलाई सहज तुल्याउन यस्ता विष्यवस्तुको अवलम्बन जानेर वा नजानेर पनि भइरहेको हुन्छ । राजनीति, कूटनीति होस् चाहे दैनिक जीवनका विषयवस्तु हुन् सबैमा यस्तो पद्धति चलिरहेको पाइन्छ ।
विज्ञानमा पनि उत्तोलकको प्रयोग स्थान विशेष र कार्यविशेषका निम्ति गरिन्छ । जसबाट असाध्य कुरालाई पनि साधन गर्न सकिन्छ । अझ भनौँ उत्तोलकको प्रयोगले कार्यमा सहजता प्रदान गर्दछ र सजिलै कार्य सम्पादन गर्न सकिन्छ । यो पनि यही तिर्यक चिन्तनको प्रतिफलन प्रयोग हो । यसैगरी, हामी हरेक कार्यको सम्पादनमा यस्ता विषयवस्तुको अवलम्बन गरिरहका छौँ । जानेर होस् वा नजानेर होस् तिर्यकवृत्ति चली नै रहेको छ । तिर्यकको सोझो अर्थ तेर्सो भए पनि यहाँ छड्के बुझ्नु उपयुक्त हुन्छ । जसरी उत्तोलकको प्रयोगले सिधै गर्न नसकिने कार्यलाई छड्केका माध्यमले साधन गर्न सकिन्छ त्यसैगरी हाम्रा यावत व्यवहारलाई पनि सोही पद्धतिबाट सञ्चालन गर्न सकिन्छ जसले जीवन पद्धतिलाई सहज तुल्याउने गर्दछ ।
पहाडका ओढारको अस्तित्व पनि तिर्यक पद्धतिमा अढेको पाइन्छ । छड्के आकारमा कुनै न कुनै वस्तुले थेग्ने कार्य गरेका हुन्छन् विशेषतः तेर्सा ढुंगाले नै ओडार संरचित पाइन्छन् । यसैले तिर्यक प्रकृतिप्रदत्त सिद्धान्त हो । यही प्रकृतिको सिद्धान्त नै हाम्रा व्यवहारमा पनि लागू भएका पाइन्छन् ।
अग्लाअग्ला पहाडलाई हेर्ने हो भने पनि फेद ठूलो अनि टुप्पो सानो आकारमा फैलिएको देख्न सकिन्छ । आधारको भाग ठूलो चौडा र माथिको भाग साँघुरिँदै गएको तिर्यक आकृतिको देख्न सकिन्छ । नित्य स्थिर रहनका निम्ति यस्तो आवश्यक हुन्छ । टुप्पो ठूलो हुने र फेद सानो हुने पहाड सधँै टिक्न सक्दैनन् । पृथ्वीको गुरुत्व बलले पनि यहाँ यो पद्धति विशेष प्रयुक्त पाइन्छ । टुप्पो भाग सानो हुँदै गर्दा त्यसको भार वहनका साथै स्थिर हुन अनुकूल रहने भएकाले नै प्रकृतिमा यस्ता विषय देख्न सकिन्छ । रूख वृक्षका पनि स्थिति यही तिर्यक पद्धतिमा संरचित पाइन्छन् । फेद ठूलो अनि टुप्पो सानो हुने जुन प्राकृतिक पद्धति छ त्यो पनि यही तिर्यक पद्धतिमा नै आधारित पाइन्छ ।
पहाडका ओढारको अस्तित्व पनि यही पद्धतिमा अडेको पाइन्छ । छड्के आकारमा कुनै न कुनै वस्तुले थेग्ने कार्य गरेका हुन्छन् विशेषतः तेर्सा ढुंगाले नै ओढार संरचित पाइन्छन् । यसैले तिर्यक प्रकृतिप्रदत्त सिद्धान्त हो । यही प्रकृतिको सिद्धान्त नै हाम्रा व्यवहारमा पनि लागू भएका पाइन्छन् । सामान्यतः खोला तर्दा सिधा हेलिएर पार गर्न कठिन हुन्छ । तर, छड्के परेर विस्तारै पानीको प्रवाहतिर बग्दै अघि बढ्दै पाइला चाल्दै गर्दा जँघार तर्न सजिलो हुन्छ । खोलाका जँघार तर्दा ढाकर बोक्ने दाइले सिकाएका जँघार तर्ने सही तरिका यही सिद्धान्तमा आधारित पान्छन् । पारि हेर्नुपर्छ, खोलामा हेर्नु हुँदैन, छड्के परेर जँघार तर्नुपर्छ, पानीको प्रवाहतिर अघि बढ्दै पाइला चाल्नुपर्छ आदि विषयवस्तु पनि यही तिर्यक पद्धतिमा संरचित पाइन्छन् ।
शनै शनै वा विस्तारै विस्तारै अघि बढ्ने पद्धति पनि यसको सहायक भएको पाइन्छ । यसैले पहाड पर्वत चढ्दा पनि यही पद्धतिलाई अवलम्बन गर्नु श्रेयष्कर हुन्छ । सिधै ठाडी उकाली उक्लनुभन्दा विस्तारै घुमाउरो छड्के हुँदै विस्तारै अघि बढ्ने प्रक्रिया युक्तिसंगत हुन्छ । बाटो हिँड्दा अझ भनौँ उकालो चढ्दा पनि यही सिद्धान्त नै लागू हुन्छ । सिधै ठाडी उकाली चढ्नुभन्दा छ्ड्के गरेर विस्तारै घुम्दै घुम्दै चढ्दा सहजतः थुम्कीमा पुग्न सकिन्छ । गाडीका बाटा यसैले अधिक घुमाउरा पनि हुन्छन् । पहाड पर्वत चढ्दा प्रशिक्षण गराउनेले पनि यही विषयको ज्ञान दिने गर्दछन् जुन यही तिर्यक चिन्तामा आधारित पाइन्छ । जसबाट कार्य सहजतः सम्पन्न हुने गर्दछ ।
रूखका डाला काट्दा पनि छड्के पारेर हाँगा डाला काट्नुपर्छ त्यसो गर्दा पछि पालुवा राम्रा पलाउँछन् भनेर पनि गाउँ घरमा सिकाइन्छ । सिधै हाँगा काट्दा काटेका रूख मर्छन्, पर्याप्त पालुवा वा घाँस पलाउँदैन यसैले छड्के पारेर काट्दा सजिलो पनि हुने र घाँस पनि चाँडै राम्रो पलाउने गर्दछ भनी पिता पुर्खाले यही पद्धतिलाई अवलम्बन गरेको पाइन्छ । जसबाट ग्रामीण जीवन पद्धति पनि यही तिर्यक सिद्धान्तमा प्रचलित पाइन्छ । हवाईजहाज उड्दा पनि यही सिद्धान्तको नै उपयोग भएको पाइन्छ । छड्के पद्धतिको उपयोग गर्दै जमिन छोड्ने र यही तिर्यक पद्धतिबाट जमिनमा बस्ने वृत्तिले सुरक्षित अववतरण भएको पाइन्छ । यसरी जीवन र जगतका यावत विषयवस्तु यस्तै पद्धतिमा संरचित पाइन्छन् ।
व्यवहार सम्पादनमा तिर्यक सिद्धान्तको प्रयोग हितकारी रहने देखिन्छ । ‘प्रियवाक्यप्रदानेन सर्वे तुष्यन्ति मानवाः । तस्मात् प्रियं हि वक्तव्यं वचने का दरिद्रता ।।’ अर्थात् सर्वत्र प्रियको प्रयोग गर्नुपर्दछ । कुनै काम लिनु छ भने सर्वप्रथम प्रशंसा गर्नुपर्दछ भनिएको छ ।
ठाडो बोलेको भन्दा पनि घुमाएर वा मिलाएर भनिएका कुरा अधिक प्रभावकारी हुन्छन् । त्यही कुरालाई पनि लालित्यपूर्ण ढंगले बताउन सकियो भने त्यसको मिठासका साथै प्रभावमा पनि भिन्नता रहन्छ, अझ सबल हुने गर्दछ । यसैले त भर्तृहरिले स ‘सहसा विदधित न क्रिया’ भनी हतारिएर कुनै कार्य नगर्नु भनेका हुन् । नीति वचनमा पनि ‘शनै कन्था शनै पन्था शनै पर्वतलङ्घनम् । शनैर्विद्या शनैर्वित्तं पञ्चैतानि शनैः शनैः ।’ भनी विस्तारै विस्तारै कार्य हुन्छ, हतारिनु हुँदैन भनी नहतारिन उपदेश गरिएको पाइन्छ ।
हरेक विषयवस्तुको पूर्वपीठिका हुन्छ । ती यस्तै र यिनै सिद्धान्तमा आधारित हुन्छन् । विस्तारै र घुमाउरो प्रक्रियाबाट अघि बढ्ने प्रक्रिया यही तिर्यक सिद्धान्तमै आधारित पाइन्छ । जनआन्दोलन पनि एकैपटक एकैदिन सबै भएको होइन । पूर्व पीठिकाका रूपमा जनताले अनेकौँ हण्डर खान्छन्, अनेकौँ कष्ट भोग गर्दछन्, वितृष्णा हुँदै जान्छ, शासकले अनेक दुःख दिँदै जान्छन् असन्तोष बढ्दै जान्छ फलस्वरूप विस्तारै उक्त आन्दोलनले भयावह रूप लिन पुग्छ र सत्ता पनि परिवर्तन हुने गर्दछन् । यो शनै शनै वृत्ति पनि यही तिर्यक पद्धतिमा आधारित पाइन्छ ।
यसैगरी, व्यवहार सम्पादनमा पनि यही सिद्धान्तको प्रयोग हितकारी रहने देखिन्छ । ‘प्रियवाक्यप्रदानेन सर्वे तुष्यन्ति मानवाः । तस्मात् प्रियं हि वक्तव्यं वचने का दरिद्रता ।।’ अर्थात् सर्वत्र प्रियको प्रयोग गर्नुपर्दछ । कुनै काम लिनु छ भने सर्वप्रथम प्रशंसा गर्नुपर्दछ भनिएको छ । किनकि मीठो बोलेपछि, अनि प्रशंसा सुनेपछि मान्छे खुसी हुन्छन् र कार्य गर्न पनि उत्प्रेरित रहन्छन् । जसरी वसुदेवले कंशको प्रशंसा गरेपछि देवकीलाई मृत्युदण्डबाट कारागारको वासमा पुर्याएको थियो । क्षमादान दिएको थियो । यही प्रक्रियाको फलस्वरूप नै महाभारतमा पनि पाण्डवको विजय भएको हो । भेद पत्ता लगाउन पनि यही यही तिर्यकवृत्तिले कार्य गरेको पाइन्छ ।
संसार हो, जे जस्तो गरे पनि हुन्छ तर सहज र सरल पद्धति सबैका लागि ग्राहृय हुन्छन् । प्रकृतिको नियम पनि सरलतातिर अघिबढ्ने नै हो । पानीले पनि जता बग्न सजिलो हुन्छ त्यतै बग्छ नदीको प्रवाह पनि यही सरलतातिर अघि बढेको हुन्छ । हाम्रा जीवन यापनका विषयवस्तु पनि सरलता नै रोजिरहेको हुन्छन् । यही सरलतातिर अघि बढ्दै जाँदा तिर्यक पद्धतिको अवलम्बन श्रेयष्कर रहने देखिन्छ । कर्णले पनि परशुरामको सेवा गर्दै गर्दै शस्त्रविद्या सिकेका थिए । एकैपटक सूतपुत्र हुँ भनेको भए साध्य हुने थिएन । काम लिनका निम्ति र कार्य सम्पादनका निम्ति यो प्रक्रिया प्रभावकारी रहने देखिन्छ । समग्रमा हेर्दा हाम्रो जीवनपद्धति पनि यही तिर्यक रेखामा अघि बढेको देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच