ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल-२०२५ को ताज सुष्मालाई

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल-२०२५’ ताज काठमाडौं सुकेधाराकी सुष्मा दाहालले जित्नुभएको छ । ताजसँगै उहाँले एनएफइए अवार्ड २०२५ मा सहभागी हुन जापान जाने अवसरसमेत प्राप्त गर्नुभएको छ । उहाँले टाइटल स्पोन्सर ‘ब्ल्याक डाइमण्ड’का तर्फबाट एक लाखको छात्रवृत्ति प्याकेजसमेत प्राप्त गर्नुभएको छ ।

बिहीबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न कार्यक्रममा फस्ट रनरअप सुशीला राई बन्नुभयो भने प्रीति खड्का सेकेण्ड रनरअप बन्न सफल हुनुभयो । उहाँहरूले क्रमशः पचास हजार र पच्चीस हजारको छात्रवृत्ति प्याकेज प्राप्त गर्नुभएको थियो । हिमालयन मुभिजद्वारा आयोजित सो कार्यक्रमको एघारौं संस्करण हो ।

दुलहीको भेषमा सजिएका सौन्दर्यकर्मीहरूको आकर्षक नृत्यसँगै सुरुवात भएको कार्यक्रममा क्रमैसँग ब्राइडल तथा परिचयात्मक चरण, फेसन सो तथा पोशाक प्रदर्शनी, प्रश्नोत्तर र लिखित गरी विविध चरणमा सम्पन्न भएको थियो । अवार्ड विजेता तथा महिलाहरूमा सक्रिय चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा सम्पूर्ण प्रतियोगीहरूले करिब तीन सातासम्म व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुति, क्याटवाक, बौद्धिक क्षमता विकासलगायतका विषयहरूमा तालिम लिएका थिए । सौन्दर्यकर्मीहरूको पेशागत सौन्दर्य प्रतियोगिता भएकाले कार्यक्रममा विविध पेशागत प्रतियोगिताहरूसमेत गराइएको थियो । जसमा बेस्ट ब्राइडल सन्जु फागो, बेस्ट मेकअप कल्पना विक, बेस्ट नेलआर्ट सुशीला राई र बेस्ट जुरो गंगा श्रेष्ठले जित्न सफल हुनुभएको थियो ।

कार्यक्रममा विविध सर्ट टाइटल अवार्डसमेत वितरण गरिएको थियो । जसमा मोस्ट इन्टेलिजेन्ट सुष्मा दाहाल, बेस्ट फोटोजेनिक सन्जु फागो, मोस्ट कन्फिडेन्ट प्रीति खड्का, मोस्ट याक्टिभ पवित्रा न्यौपाने, मोस्ट डेलिकेट कोपिला राई, मोस्ट चार्मिङ बबिता राई, मोस्ट डिलिजेन्ट अनिता राई, बेस्ट पर्सनालिटी रमिला कुस्वार, मोस्ट स्मार्ट कला राई, मोस्ट प्यासेनेट सन्ध्या श्रेष्ठ, अट्र्याक्टिभ सुप्रिया सुवेदी, पब्लिक च्वाइस भिडियो प्रीति खड्का, मोस्ट पपुलर रमिला कुस्वार र पपुलर च्वाइस कोपिला राईले जित्न सफल हुनुभएको थियो ।

कार्यक्रममा कलाकारहरूले आकर्षक नृत्यसमेत प्रस्तुत गरेका थिए भने निर्णायक मण्डलमा नायक एसराज गराज, कस्मेटोलोजिस्ट डा. रेखा थापा, मिसेस नोबेल नेपाल २०२४ सन्ध्या लामिछाने, एस्थेटिसियन डा. युनिसा शाही तथा सौन्दर्यकर्मी अप्सरा न्यौपाने रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?