अष्ट्रेलियामा प्रदर्शन हुँदै ‘रंगी’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘रंगी’ आगामी अप्रिल ६ मा अष्ट्रेलियामा रिलिज हुने भएको छ । सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्र नेपालमा गत फागुन २ गते रिलिज भएको थियो । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यो चलचित्र विशेषतः बाबुछोरीको कथामा आधारित छ । सुरेश न्यौपानेको ‘डेब्यु’ निर्देशन रहेको चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारीलगायतका कलाकारको अभिनय छ । सलोनको यो डेब्यु निर्माण चलचित्र हो ।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । चलचित्रको नेपाल वितरक एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्ट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?