
कठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरू अघि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आइएफसीतर्फबाट एफआइजी, एसिया र प्यासिफिक रिजनल इण्ड्रष्टी डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार विश्व बैंक समूहअन्तर्गत रहेको आइएफसीले ग्लोबल आइएमई बैंकको डिजिटल रूपान्तरण तथा डाटा म्याचुरिटी मूल्यांकन गर्ने, सुधार गर्न आवश्यक क्षेत्र पहिचान गर्ने र बैंकको डिजिटल बैंकिङ क्षमता अभिवृद्धि गर्न रणनीतिक सुझाव प्रदान गर्नेछ ।
साथै आइएफसीले एम्बेडेड फाइनान्स मोडल प्रवर्द्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी ग्लोबल आइएमई बैंकलाई सल्लाह प्रदान गर्नेछ ।
सम्झौतासँगै बैंकमा उपलब्ध विभिन्न सेवा तथा सुविधालाई रूपान्तरण गरी नवीन र प्रविधिमैत्री सेवाहरू विकास गर्न सहज हुने विश्वास बैंकले लिएको छ । ग्लोबल आइएमई बैंकले आफ्नो ग्राहकलाई अन्तर्राष्ट्रियस्तरको डिजिटल बैंकिङ सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी दिँदै पछिल्लो सम्झौताले बैंकको डिजिटल बैंकिङको प्रवद्र्धनमा सहयोग पुग्नुका साथै फिनटेकमा नयाँ-नयाँ विकास र प्रयोग गर्न सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बताउनुभयो ।
उहाँले डिजिटल बैंकिङ र फिनटेक साझेदारीमा आइएफसीले विश्वभरिबाट आर्जन गरेको ज्ञान र अनुभवले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच