
काठमाडौं । नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार भन्ने नाराका साथ नर्सरी व्यवसायी संघको आयोजनामा दोस्रो नेसनल हर्टिकल्चर एक्स्पो-२०८१ हुने भएको छ । चैत २८ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीका सात सयभन्दा बढी प्रजातिका बोटबिरुवा बिक्रीका लागि राखिने आयोजकले जनाएको छ ।
एक्स्पो संयोजकसमेत रहनुभएका संघका वरिष्ठ उपाध्यक्ष रविनकुमार गौतमका अनुसार एक्स्पोमा मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बीउविजन, औजार उपकरण तथा प्रविधिका समेत स्टल रहनेछन् । एक्स्पोमा ७० व्यावसायिक स्टल, तीन फुड स्टल, आठ अफिसियल स्टल तथा प्रतिस्पर्धाका पाँच स्टलसमेत गरी कुल ८६ स्टल रहने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । मेलामा सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति सय रुपैयाँ र विद्यार्थी र ज्येष्ठ नागरिकका लागि प्रतिव्यक्ति ५० रुपैयाँ राखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच