
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा नयाँ र रोमाञ्चक क्याम्पेन ‘खुसीको मिटर’ सार्वजनिक गरेको छ । क्याम्पेनले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको छ, जसअन्तर्गत ग्राहकले डिजिटल अनुभवमार्फत् एक लाखसम्म नगद पुरस्कार र आकर्षक गिफ्ट जित्ने अवसर पाउनेछन् ।
बजाजले सामाजिक सञ्जालमार्फत् खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको छ, जसअन्तर्गत जोकोही पनि सहभागी भई घरमै बसेर विभिन्न आकर्षक उपहार जित्न सक्नेछन् । उपहार प्राप्त गर्न भने विजेताले कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ । तर, मुख्य आकर्षण भने अझै बाँकी नै रहेको छ ।
क्याम्पेन अवधिमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले अर्को चरणको गेम पनि शोरूममा नै खेल्न पाउनेछन् । उक्त इन-स्टोर डिजिटल अनुभवमा ग्राहकले स्क्रिनमा देखिएको ‘खुसीको मिटर’ रोकेर एक लाखसम्मको नगद पुरस्कार जित्न सक्नेछन् । कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो, ‘खुसीको मिटर’ केवल एक प्रचारका लागि अफरमात्र नभई यो टेक्नोलोजीको माध्यमबाट मोटरसाइकल किन्ने यात्रा अझ रमाइलो, इन्टरेक्टिभ र लाभदायक बनाउने हाम्रो प्रयास हो, नयाँ वर्षको सुरुवातमा ग्राहकलाई नयाँ सवारीमात्र नभई किन्नुअघि र पछि पनि जित्ने अवसर दिन हामी उत्साहित छौैं ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच