
काठमाडौं । वाइ वाइले नयाँ स्वादमा ‘वाइ वाइ क्विक हट एण्ड स्पाइसी नुडल्स’ नेपाली बजारमा ल्याएको छ । केवल ५० रुपैयाँमा उपलब्ध नयाँ चाउचाउ प्रिमियम वर्गका साथै पिरो स्वाद मन पराउने उपभोक्तालाई लक्षित गर्दै प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । विगत चार दशकदेखि वाइ वाइले नेपालमा मात्र नभई विश्व बजारमा समेत उपस्थिति विस्तार गर्दै आएको छ । उपभोक्ताको बदलिँदो स्वाद र रोजाइलाई ध्यानमा राख्दै कम्पनीले विभिन्न स्वादका नयाँ विकल्प बजारमा ल्याउँदै आएको छ ।
हालै बजारमा ल्याएको हट एण्ड स्पाइसी नुडल्स पनि उपभोक्ताको पिरो स्वादप्रतिको रुचिलाई मध्यनजर गर्दै तयार गरिएको सिजी फुड्सले जनाएको छ । नयाँ उत्पादनले उपभोक्ताको अपेक्षाअनुसारको स्वाद अनुभव गराउनेछ र वाइ वाइलाई झनै लोकप्रिय बनाउन सहयोग पुग्ने कम्पनीले जनाएको छ । वाइ वाइले हालसालै स्पाइसवर्स टिकटक चुनौती नामक प्रतिस्पर्धा पनि सुरु गरेको छ, जहाँ विशेष प्रविधिमा आधारित फिल्टर प्रयोग गरी भाग लिने सहभागीमध्ये हरेक साता सबैभन्दा धेरै लाइक प्राप्त गर्ने प्रस्तुतिलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ ।
कम्पनीका मार्केटिङ प्रमुख श्रयकृष्ण श्रेष्ठले भन्नुभयो, ‘यस नुडल्सको विकास क्रममा हामीले उपभोक्ताको व्यवहार, इच्छा र उनीहरूले मन पराउने अनुभव बुझ्न प्रयास ग¥यौं । विशेषतः १५ देखि २५ वर्ष उमेर समूहका युवा, जो गेम खेल्न, स्ट्रिट फेसन पछ्याउन र डिजिटल कला सिर्जना गर्न मन पराउँछन्, उनीहरूको रुचि समेट्ने प्रयास गरेका छौं । प्याकेजिङ डिजाइनको परीक्षणसमेत प्रविधिमैत्री विधिमार्फत् गरिएको हो ।’
वाइ वाइ क्विक हट एण्ड स्पाइसी नुडल्सको प्याकेजिङसमेत अन्य ब्राण्डभन्दा भिन्न, आकर्षक र युवा लक्षित रूपमा डिजाइन गरिएको छ । जसमा २५ वर्षभन्दा माथिका ट्रेन्डी तथा स्वादप्रेमी उपभोक्ताको चाहनासमेत समेटिएको छ, जो नयाँ स्वादको अनुभव खोजिरहेका हुन्छन् र पिरो स्वादको रोमाञ्चकता मन पराउँछन् । सिजी फुड्सका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले भन्नुभयो, ‘पिरोपनको परिभाषा व्यक्तिअनुसार फरक हुन्छ, कसैलाई एकदम तीव्र स्वाद मन पर्छ भने कसैले सन्तुलित मसला रुचाउँछन् । हामीले यो नुडल्समा पिरो स्वादलाई सन्तुलित ढंगले प्रस्तुत गरेका छौं । हामी विश्वस्त छौं, वाइ वाइको यो नयाँ हट एण्ड स्पाइसी स्वादले नयाँ अनुभव दिनुका साथै हाम्रो ब्राण्डलाई अझ सशक्त बनाउनेछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच