
काठमाडौं । मुक्तिनाथ विकास बैंकले १५ देखि १८ वर्षका युवा पुस्तालक्षित ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ ल्याएको छ । यो बचत खाताबाट एसइई परीक्षा दिएर बसेका विद्यार्थी लाभान्वित हुन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार उक्त उमेर समूहका ग्राहकलाई बैंकिङ क्षेत्रमा आकर्षित गर्न, डिजिटल बैंकिङ प्रोत्साहन गर्न, बचतको महत्व बुझाउन र विद्युतीय कारोबारमा निहित जोखिमसम्बन्धी साक्षरता प्रदान गर्न यो बचत खाताले मद्दत गर्नेछ । मुक्तिनाथ पकेट मनी बचत खातामा न्यूनतम ५० रुपैयाँ मौज्दात राखेर खाता खोल्ने प्रत्येक ग्राहकलाई बैंकले अर्धमासिक तथा मासिक रूपमा एकपटक निःशुल्क वित्तीय साक्षरता तथा विद्युतीय कारोबारको जोखिमसम्बन्धी ज्ञान प्रदान गर्नेछ ।
यस्तो खाता खोल्ने ग्राहकले १८ वर्ष नपुगुन्जेलसम्म निःशुल्क मोबाइल बैंकिङ सुविधा प्राप्त गर्नेछन् । साथै निःशुल्क डिम्याट खाता तथा मेरो सेयर दर्तालगायत विभिन्न बैंकिङ सेवामा समेत छुट प्राप्त गर्न सक्नेछन् । बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप पनि सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्युआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मालगायत बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच